Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बेपत्ता भएको दुध बोक्ने गाडीका चालक र सहचालकको शव रूपन्देहीको घाघरा खोलामा भेटियो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बेपत्ता भएको दुध बोक्ने गाडीका चालक र सहचालकको शव रूपन्देहीको घाघरा खोलामा भेटियो

संसारपोस्ट संवाददाता · १४ आश्विन २०८१ · 0
बेपत्ता भएको दुध बोक्ने गाडीका चालक र सहचालकको शव रूपन्देहीको घाघरा खोलामा भेटियो
130
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको घाघरा खोलामा बगेर बेपत्ता भएका दूध बोक्ने गाडीका चालक र सहचालक मृत अवस्थामा फेला परेका छन् । शनिबारदेखि बेपत्ता भएका दुईजनाको शव घाघरा खोलामा भेटिएको हो ।
शनिबार बिहान रूपन्देहीकै मर्चवारबाट दूध लिएर भैरहवा आउँदै गरेको भे १ च २६७६ नम्बरको जीपमा सवार चालक प्रकाश तामाङ र सहचालक उमेश लोधको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक राठौरका अनुसार सोमबार बिहानदेखि खटिएको प्रहरी टोलीले ७ बजे सहचालकको र साढे १० बजे चालकको शव फेला पारेको हो । शव फेला पारेपछि परिवार र स्थानीयले आएर शवको सनाखत गरेका र शव परिवारलाई जिम्मा लगाइएको एसपी राठौरले बताउनुभयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडि रहेको घाघरा खोलाबाट हराएको जीप आइतबार सांझ फेला परेको थिय । चालक र सहचालक सहित गाडी बेपत्ता भएपछि शनिबारबाट नै सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी कार्य जारी राखेका थिए ।
सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दूध संकलन केन्द्रबाट दूध लिएर जीप शनिबार बिहान ५ बजे भैरहवा आउँदै गरेको थियो । सोही क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट हराएको थियो ।

≪ Previous Post

दाउन्नेमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Next Post ≫

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा : दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकालाई पूर्ण खोप

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क