बुटवल । रूपन्देही व्यपार संघले साता व्यापी कार्यक्रम गरेर रजत महोत्सव मनाउदै छ । बुधवार पत्रकार सम्मेलन गरेर संघले रजत महोत्सव कार्यक्रमका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै संस्था अध्यक्ष दिपकप्रसाद अधिकारीले रजतमहोत्सवका अवसरमा कार्तिक २२ गते मानव सेवा आश्रम भलवारी र सुख्खानगरमा गरी २ सय जनालाई खाद्यान्न तथा लत्ताकपडा वितरण, २३ गते रूपन्देही […]