Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एन्फा र कोरिया नेपाल इन्सिच्युटको भवनलाई आइसोलेसन अस्पतालका रुपमा प्रयोगमा ल्याईने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एन्फा र कोरिया नेपाल इन्सिच्युटको भवनलाई आइसोलेसन अस्पतालका रुपमा प्रयोगमा ल्याईने

संसारपोस्ट संवाददाता · ४ जेष्ठ २०७७ · 0
एन्फा र कोरिया नेपाल इन्सिच्युटको भवनलाई आइसोलेसन अस्पतालका रुपमा प्रयोगमा ल्याईने
110
SHARES
ShareTweet

सीमा नाकामा रहेका पालिकाहरुले १००० बेडको क्वारेण्टाइन तयार गर्नुपर्ने

बुटवल, ४ जेठ । ५ नं. प्रदेशका मुख्यमन्त्री शँकर पोख्रेलको अध्यक्षतामा आज (आइतबार) बसेको प्रादेशिक कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस प्रदेशका तराईका जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा बन्दावन्दीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने निर्णय गरेको छ ।
वुटवल ११ देबीनगर स्थित एन्फाको भवन र बुटवल तामनगर स्थित कोरिया नेपाल इन्सिच्युट अफ टेक्नोलोजिको भवनलाई आइसोलेसन अस्पतालका रुपमा प्रयोगमा ल्याउन भौतिक पूर्वाधार व्यवस्थापन वुटवल उपमहानगरपालिकाले र संचालन व्यवस्थापन सामाजिक विकास मन्त्रालयले मिलाउने निर्णय बैठकले गरेको छ ।
भारतबाट नेपाल आउने व्यक्ति बढ्दै गएको सन्दर्भमा हालसम्म क्वारेण्टाइनको व्यवस्था नगरेका नेपाल भारत सीमाका भंसार नाकामा रहेका पालिकाहरुले प्राथमिकताका साथ कम्तिमा १००० बेडको क्वारेण्टाइन तयार गरी व्यवस्थित रुपमा संचालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
भारतबाट आफ्नो पालिकामा आउन सक्ने व्यक्तिहरुको आँकलन गरी सम्बन्धित सबै पालिकाले त्यसरी आउने व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने गरी आवश्यक पूर्व तयारी गर्ने निर्णय पनि वैठकले गरेको छ ।
यस्तै हाल संचालनमा रहेका क्वारेन्टाइनलाई सुविधा र पूर्वाधारहरुको विश्लेषण गरी आइसोलेसन सेण्टरका रुपमा विकास गर्न सामाजिक विकास मन्त्रालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले आवश्यक समन्वय गर्ने लगायतका १९ बुंदे निर्णय सहित बैठकले कोभिड–१९ रोग रोकथाम र नियन्त्रणका लागि क्वारेण्टाइन र आइसोलेसन सेण्टर संचालनसम्वन्धी थप निर्देशन समेत जारी गरेको छ ।

प्रादेशिक कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेका निर्णय

१. यस प्रदेश अन्तर्गत विभिन्न जिल्ला र स्थानीय तहहरुमा निर्माण गरिएको र निर्माण गरिने क्वारेन्टाइन र आइसोलेसन सेण्टरलाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्न संलग्न बमोजिमको थप निर्देशन सबै सरोकारवाला समक्ष कार्यान्वयनका लागि पठाउने ।
२. मित्रराष्ट्र भारतबाट नेपाल आउने व्यक्ति बढ्दै गएको सन्दर्भमा हालसम्म पनि क्वारेण्टाइनको व्यवस्था नगरेका नेपाल भारत सीमाका भंसार नाकामा रहेका पालिकाहरुले प्राथमिकताका साथ कम्तिमा १००० बेडको क्वारेण्टाइन तयार गरी व्यवस्थित रुपमा संचालन गर्ने व्यवस्था मिलाउने ।
३. मित्रराष्ट्र भारतबाट आफ्नो पालिकामा आउन सक्ने व्यक्तिहरुको आँकलन गरी सम्बन्धित सबै पालिकाले त्यसरी आउने व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नेन गरी आवश्यक पूर्व तयारी गर्ने।
४. हाल संचालनमा रहेका क्वारेन्टाइनलाई सुविधा र पूर्वाधारहरुको विश्लेषण गरी आइसोलेसन सेण्टरका रुपमा विकास गर्न सामाजिक विकास मन्त्रालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले आवश्यक समन्वय गर्ने।
५. बाँके जिल्लामा कोभिड–१९ संक्रमितहरुको उपचारका लागि नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा संचालनमा ल्याउने व्यवस्था जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले मिलाउने ।
६. कोभिड–१९ को प्रभाव बढी देखिएका जिल्लाका स्थानीय तहहरुमा परिक्षणको दायरा वढाउने । विरामीहरुसँग सम्पर्कमा रहनेहरुको कन्ट्याक टे«सिङ गरी उनीहरुको परिक्षण गर्ने व्यवस्था गर्ने । स्वाव संकलन गरिएका व्यक्तिहरु र अन्य व्यक्तिहरुलाई भौतिक दुरी कायम गरी बस्नका लागि परामर्श दिने ।
७. कोभिड–१९ पोजिटिभ देखिएका तर रोगको गंभिर लक्षण नदेखिएका संक्रमितहरुलाई जिल्लाका विभिन्न अस्पतालमा छुट्याोईएका आइसोलेसन वेडमा व्यवस्थित रुपमा राखी सम्वन्धित जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले समन्वय गरी उपचारको व्यवस्था मिलाउने।
८. छिमेकी मित्रराष्ट्र भारतबाट विभिन्न सिमा नाका हुँदै प्रवेश गर्ने व्यक्तिहरु मध्ये तोकिएको अवधिसम्म भारतमा नै क्वारेण्टाइनमा बसी आएकाको हकमा सम्बन्धित जिल्लामा व्यवस्थित रुपमा पठाउने व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने । क्वारेण्टाइनमा नवसेका व्यक्तिहरुलाई क्वारेण्टाइनमा राख्ने व्यवस्था मिलाउने ।
९. रुपन्देही जिल्लामा कोभिड–१९ संक्रमण बढी रहेको सन्दर्भमा लुम्विनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा थप १०० र भीम अस्पताल भैरहवामा थप ५० आईसोलेसन बेड तयार गरी सञ्चालनमा ल्याउने ।
१०. तराईका जिल्लाहरुमा कम्तिमा २०० र पहाडी जिल्लाहरुमा कम्तिमा ५० बेडको आइसोलेसन सेण्टर बनाउनका लागि जिल्लास्थित कोरोना संकट व्यवस्थापन केन्द्रले जिल्ला अन्तर्गतका पालिकाहरुसँग समन्वय गरी निर्माण गर्ने । आइसोलेसन सेण्टर सम्वन्धित पालिकाहरुले निर्माण गर्ने र यस्ता सेण्टरमा बस्ने व्यक्तिहरुको खाना खर्च सामाजिक विकास मन्त्रालयले कोभिड–१९ नियन्त्रण तथा उपचार कोषबाट उपलब्ध गराउने ।
११. वुटवलस्थित एन्फाको भवन र कोरिया नेपाल इन्सिच्युट अफ टेक्नोलोजिको भवनलाई आइसोलेसन अस्पतालका रुपमा प्रयोगमा ल्याउने व्यवस्था जिल्लास्थित कोरोना संकट व्यवस्थापन केन्द्रले गर्ने । सो को भौतिक पूर्वाधार व्यवस्थापन वुटवल उपमहानगरपालिकाले र संचालन व्यवस्थापन सामाजिक विकास मन्त्रालयले मिलाउने ।
१२. बाँके जिल्लामा कोभिड–१९ संक्रमितहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भएकोले नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताललाई कोभिड–१९ विशेष अस्पतालको रुपमा प्रयोग गर्नको लागि नेपाल सरकारलाई अनुरोध गर्ने ।
१३. नेपालगञ्ज, वुटवल र भैरहवामा रहेका कोरोना विशेष अस्पतालमा संक्रमित विरामीको चाप बढी रहेको अवस्थामा तत्कालका लागि दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा विरामी पठाउने व्यवस्था मिलाउने ।
१४. कोभिड–१९ संक्रमण थप फैलिन नदिन यस प्रदेशका सीमा नाका प्रयोग गरी आउने व्यक्तिहरुको चेकजाँच र निगरानीमा सुरक्षा निकायले आवश्यक समन्वय गरी थप कडाई गर्ने ।
१५. यस प्रदेशका तराईका जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा बन्दावन्दीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने ।
१६. सिमानाका बाहेकका अन्य स्थानबाट लुकिछिपी नेपाल प्रवेश गर्ने कार्यलाई प्रमुख जिल्ला अधिकारीले सुरक्षा निकाय परिचालन गरी पूर्ण रुपमा नियन्त्रण र निषेध गर्ने ।
१७. जिल्लास्तरको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक नियमित रुपमा बसी कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने । जिल्लास्तरमा बस्ने बैठकमा सबै पालिकाका प्रमुखहरु लगायत सबै सरोकारवाला समेत सहभागी हुने व्यवस्था गर्ने ।
१८. रुपन्देहीको गहुँवाली अनुसन्धान केन्द्रस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पूर्विभागमा रहेको खाद्य प्रविधि प्रयोगशालाको भवन प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रयोग गर्ने गरी हाल सो भवनमा रहेको क्वारेण्टाइन अन्यत्र सार्ने व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने ।
१९. सार्वजनिक निर्माण कार्यलाई सूचारु गर्न जिल्लाभित्र मात्र सो सँग सम्वन्धित सवारी तथा ढुवानीका साधनहरुलाई आवश्यकता अनुसार संचालनको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने ।

क्वारेण्टाइन र आइसोलेसन सेण्टर संचालनसम्वन्धी निर्देशन

यस्तै बैठकले कोभिड–१९ रोग रोकथाम र नियन्त्रणका लागि क्वारेण्टाइन र आइसोलेसन सेण्टर संचालनसम्वन्धी निर्देशन समेत जारी गरेको छ । प्रदेश सरकार, स्थानीय तह र समुदायस्तरमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि क्वारेण्टाइन र आइसोलेसन सेण्टर स्थापना संचालन र व्यवस्थापनका लागि बैठकले यस्तो निर्देशन जारी गरेको हो ।
क. क्वारेण्टाइनको स्थापना र संचालन :
क्वारेण्टाइन वेड र कक्षहरु निर्माण र स्थापना गरी संचालन गर्दा देहायबमोजिम गर्ने ।

१. होम क्वारेण्टाइन

 जिल्ला वाहिर गएका व्यक्तिहरु घर फर्केपछि घरको छुट्टै कोठा वा स्थानमा बस्ने व्यवस्था गर्ने ।
 कम्तिमा १४ दिन परिवारसँग सामाजिक दुरी कायम गर्ने ।
 होम क्वारेण्टाइनमा सुरक्षित र व्यवस्थित तरिकाले बसे नबसेको विषयमा टोल संस्थाले निगरानी र अनुगमन गर्ने ।

२. सामुदायिक क्वारेण्टाइन

 टोल वा सामुदायिक संस्थाहरुले निर्माण गरी सञ्चालनमा ल्याउने ।
 जोखिमयुक्त जिल्लाबाट आएका र क्वारेण्टाइनको संख्या कम भएको स्थानका व्यक्तिहरुलाई समुदायले सुरक्षित तरिकाले बस्ने व्यवस्था मिलाउने ।
 क्वारेण्टाइनमा बस्ने व्यक्तिहरुका लागि आवश्यक लत्ता कपडा र खानपिनको व्यवस्था सम्वन्धित व्यक्तिको घर परिवारले गर्ने ।
 क्वारेण्टाइनको सुरक्षा प्रवन्ध टोल वा समुदायले गर्ने ।
 समुदायिक क्वारेण्टाइनमा सामाजिक दुरी कायम गरी सुरक्षित र व्यवस्थित तरिकाले बसे नवसेको विषयमा पालिकाले निगरानी र अनुगमन गर्ने ।

३. पालिकास्तरको क्वारेण्टाइन

 पालिकाहरुले निर्माण गरी संचालन गर्ने ।
 संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेण्टाइनमा राख्ने व्यवस्था गर्ने ।
 नेपाल सरकारबाट तोकिएको स्वास्थ्य सम्वन्धी मापदण्ड र दुरी कायम गर्ने ।
 क्वारेण्टाइनमा बस्ने व्यक्तिहरुले प्रयोग गरेका सामग्रीहरुको सुरक्षित तरिकाले डिस्पोजल गर्ने व्यवस्था मिलाउने ।
 सकभर आफन्तहरुसँग भेटघाट नगर्ने यदि वाध्यात्मक परिस्थितिमा भेटघाट गर्नुपर्ने भए कम्तिमा ३ मिटर भौतिक दुरी कायम गरी सुरक्षित तरिकाले भेटघाट गर्ने व्यवस्था मिलाउने ।
 आवश्यक स्वास्थ्य र सुरक्षा सम्वन्धी जनशक्ति, खानेवस्ने, सरसफाइलगायतका व्यवस्था सम्वन्धित पालिकास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले मिलाउने
 वडा वा पालिकास्तरको क्वारेण्टाइनमा सुरक्षित र व्यवस्थित तरिकाले बसे नवसेको विषयमा पालिकास्तरको कोरोना संकट व्यवस्थापन केन्द्र र जिल्लास्तरको कोरोना संकट व्यवस्थापन केन्द्रले निगरानी र अनुगमन गर्ने ।

४. जिल्लास्तरीय क्वारेण्टाइन

 तराइका जिल्लाहरुमा जिल्लास्तर कोरोना संकट व्यवस्थापन केन्द्रले जिल्लास्तरको क्वारेण्टाइन स्थापना गर्ने ।
 क्वारेण्टाइनको संचालन जिल्लास्थित सुरक्षा निकायबाट गर्ने व्यवस्था मिलाउने ।
 भारतबाट प्रवेश गर्ने अन्य प्रदेशका नागरिकहरुलाई क्वारेण्टाइनमा राखी परिक्षणको व्यवस्था मिलाउने ।
 परिक्षणको रिपोर्ट पोजेटिभ आएमा आइसोलेसन अस्पताल वा आईसोलेसन केन्द्र र नेगेटिभ आएमा सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी सम्वन्धित जिल्लामा पठाउने व्यवस्था मिलाउने ।

ख. आइसोलेसन केन्द्र

 जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले स्थापना गरी संचालन गर्ने ।
 पालिकाहरुले स्थापना गरेको खण्डमा जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी आवश्यक मापदण्ड पुरा गरी संचालन गर्ने ।
 कोरोना संक्रमण पोजेटिभ देखिएका तर रोगको प्रत्यक्ष्य लक्षण नदेखिएका व्यक्तिहरुलाई राख्ने व्यवस्था मिलाउने ।
 आवश्यक स्वास्थ्य र सुरक्षा सम्वन्धी जनशक्ति, सरसफाइलगायतका व्यवस्था सम्वन्धित जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले मिलाउने ।

≪ Previous Post

कोरोना अबधीको बैक ब्याज, विद्युत, पानी, र टेलिफोनको शुल्क शुन्य गर्न उद्योग व्यापार संगठन रुपन्देहीको माग

Next Post ≫

कोरोनाको कहर: प्रदेश सभामा दर्शक दीर्घा नरहने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क