काठमाडौं २ जेठ, । सरकारले दुई छिमेकी मुलुक चीन र भारतलाई लक्षित गरी अन्तर देशिक आर्थिक क्षेत्र स्थापनाको अवधारणा ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार सरकारको आगामी आवको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गर्नुभएको हो ।
उहाँका अनुसार सम्भाब्यताका आधारमा यस्तो आर्थिक क्षेत्र स्थापना हुने भएको हो । बन्द तथा रुग्ण उद्योगलाई अधिकतम क्षमतामा पुर्ण सञ्चालनको योजना समेत सरकारले बनाएको छ ।
यसमा निजी क्षेत्रलाई समेत सहभागी गरिने भएको छ । खाद्य, वनजन्य, अत्यावश्यक औषधि, स्वास्थ्यसामग्री, स्वदेशी कच्चा पदार्थ उद्योग स्थापना र बिस्तारमा सरकारले प्रोत्साहन गर्ने भएको छ । निर्यातजन्य उद्योगलाई समेत प्रोत्साहन गर्ने सरकारको घोषणा छ ।