Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कञ्चन गाउँँपालिकामा लकडाउनलाई कडाई गर्न सर्वदलिय संयन्त्र र नगरप्रहरी गठन गर्नुपर्ने माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कञ्चन गाउँँपालिकामा लकडाउनलाई कडाई गर्न सर्वदलिय संयन्त्र र नगरप्रहरी गठन गर्नुपर्ने माग

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०७७ · 0
कञ्चन गाउँँपालिकामा लकडाउनलाई कडाई गर्न सर्वदलिय संयन्त्र र नगरप्रहरी गठन गर्नुपर्ने माग
120
SHARES
ShareTweet


बुटवल २ जेठ
रुपन्देहीको कञ्चन गाउँँपालिकामा क्रियाशिल बिभिन्न राजनैतिक दलका प्रतिनीधिहरुको सर्बदलिय बैठकले कञ्चनमा लागु गरिएको लकडाउनलाई पुर्ण रुपमा पालना गर्न गराउन गाउँँपालिकालाई शिल गर्नु पर्ने सुझाव दिने निर्णय गरेका छन ।
कञ्चन गाउँँपालिकामा कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सुरक्षा प्रशासनले मात्र सम्भव नभएकोले नगर प्रहरीको ब्यबस्था गरी कञ्चनमा प्रबेश गर्ने हरेक नाकाहरुमा सुरक्षा ब्यबस्था गर्नु पर्ने भएको छ ।
यसैगरी गाउँँपालिकाका बिभिन्न स्थानहरुमा मानिसहरु जम्मा भई मादक पदार्थ सेवन गर्ने अनधिकृत मानिसहरुको आवत जावतमा कुनै पनि कमी नआएकोले गाउँँपालिकालाई ती कार्यहरुमा कडाइका साथ रोक लगाउन बिशेष सयन्त्र निर्माण र नगर प्रहरीको ब्यबस्था गरी नियन्त्रण गर्न लगाउने निर्णय बैठकले गरेको छ ।
छिमेकी गाउँँपालिका गैडहवामा एकै घरका ९ जना र अन्य १ जना गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएकोले कञ्चन गाउँँपालिका पनि कोरोना संक्रमणको जोखिम उन्मुख रहेको ठहर गर्दै कञ्चन गाउँँपालिकालाई पुर्णरुपमा शिल गर्नु पर्ने सुझाव सहित गाउँँपालिकामा ज्ञापनपत्र बुझाउने सर्बदलिय बैठकले निर्णय गरेको हो ।
यस्तै कोरोना भाइरस नियन्त्रणका लागि गाउँँपालिका स्तरिय सर्बदलिय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण संयन्त्र गठन गर्नु पर्ने निर्णय पनि गरेको छ ।
बैठकले हरेक वडामा छिमेकी देश भारत लगायत तेश्रो मुलुकबाट आउने ब्यक्तिहरुको खोजतलास गरी उनिहरुलाई क्वारेन्टाइनमा राख्नु पर्ने र बिषम परिस्थितीको समाधान र न्युनिकरणको लागि सर्बदलिय बैठक मार्फत छलफल र समन्वय गर्नको लागि गाउँँपालिकामा अनुरोध गर्ने ठकले निर्णय गरेको छ ।
गाउँँपालिका बाहिरबाट काम गर्न आउने ज्यालादारी कामदार सम्बन्धित ठेकेदार मार्फत गाउँँपालिकामा प्रबेश नगराउन र कुनैपनि कामकाजमा संलग्न नगराउन अनुरोध गर्दै गाउँँपालिका भन्दा बाहिरबाट कुनैपनि तरकारीजन्य बस्तुहरुको बिक्रीबितरणमा रोक लगाउन गाउँँपालिका र छिमेकी गाउँँपालिकालाई समेत अनुरोध गर्ने निर्णय भएको छ ।
नेकपा कञ्चन गाउ कार्य समितिका अध्यक्ष भरतमणी सापकोटाको अध्यक्षतामा बसेको सर्वदलिय बैठकमा नेकपा कञ्चन गाउ कार्य समितिका बिनोद कुमार पुन नेपाली कांग्रेसका यम बहादुर क्षेत्री र गंगा बहादुर थापा ,नेकपा माओबादी क्रान्तीकारीका गिर बहादुर थापा, र जित बहादुर क्षेत्री ,राष्ट्रिय जनमोर्चाका लिलाराम खनाल र कोष प्रसाद पौडेल,राष्ट्रिय जनमुक्ति पार्टीका रुम बहादुर फौजा र कृष्ण बहादुर फौजा, ,जनता समाजबादीका सोमनाथ पौडेलको सहभागिता रहेको थियो ।

≪ Previous Post

तिलोत्तमामा लकडाउन कडाई : सबै सहायक नाका सिल

Next Post ≫

रुपन्देहीका सीमा क्षेत्रमा रिपोर्टिङ गर्ने र मधेशमा पत्रकारिता गर्ने ५१ को कोरोना बीमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क