Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ तिलोत्तमामा लकडाउन कडाई : सबै सहायक नाका सिल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा लकडाउन कडाई : सबै सहायक नाका सिल

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७७ · 0
तिलोत्तमामा लकडाउन कडाई : सबै सहायक नाका सिल
80
SHARES
ShareTweet

तिलोत्तमा, १ जेठ । तिलोत्तमा नगरपालिकाले लकडाउनलाई थप कडाई गर्ने भएको छ । यसका लागि नगरपालिकाले नगरका सवैतिरका सहायक नाकाहरु पूर्णरुपमा सिल गर्ने भएको छ । लकडाउनलाई थप प्रभावकारी वनाउन नगरपालिकाका सहायक सबै नाकाहरुबाट हुने आवत जावतलाई पूर्णरुपमा बन्द गरेर सबै नाका सिल गर्ने र सिद्धार्थ राजमार्गको (बुटवल–बेलहिया ब्यापारिक सडक) मात्र प्रयोग गर्ने गराउने ब्यवस्था गरिएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी गराउनु भयो ।
बिहिबार बसेको नगर कार्यपालिकाको बैठकले लकडाउन सम्वन्धि यस अघि भएका अन्य ब्यवस्थाहरु यथावत रहने गरी केही संशोधन र केही थप गर्ने निर्णय गरेको नगरप्रमुख घिमिरेले बताउनु भयो ।
बैठक पछि नगरपालिकाले जारी गरेको जरुरी सूचनामा तोकिएको समय बाहेक लकडाउन सम्वन्धि सूचनाको उलंघन गरी पसल तथा व्यवसाय संचालन गर्नेलाई नेपाल सरकारले तोकेको लकडाउन अवधिभर पसल, व्यवसाय खोल्न नपाउने गरी सिल गरिने उल्लेख छ ।
यस्तै नगरक्षेत्र भित्र संचालनमा रहेका सवै प्रकारका बैंक तथा वित्तिय संस्था (वचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्था समेत) लाई हप्तामा ३ दिन आईतवार, मंगलवार र विहिवार विहान १० वजे देखि दिउसो १ सम्म मात्र बैकिङ्ग तथा वित्तिय सेवा प्रवाह गर्ने गराउने ब्यवस्था गरिएको छ ।
दुग्धजन्य पदार्थ विक्री वितरण गर्ने डेरी तथा दुग्ध उत्पादकहरुका लागि विहान ६ वजे देखि ८ वजे सम्म र अपरान्ह ४ वजे देखि साँझ ६ वजे सम्म विक्री वितरण गर्ने समय सिमा निर्धारण गरिएको छ ।

≪ Previous Post

प्रदेश ५ को सरकारद्धारा किसान लक्षीत कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने, साना किसानले पाउने भए सरकारी अनुदान

Next Post ≫

कञ्चन गाउँँपालिकामा लकडाउनलाई कडाई गर्न सर्वदलिय संयन्त्र र नगरप्रहरी गठन गर्नुपर्ने माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क