बुटवल १ जेठ
प्रदेश पाँचको मन्त्रिपरिषदको विहिवार बसेको वैठकले कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
यो कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैंया साउन मसान्तसम्म खर्च गर्नु पर्नेछ ।
कृषि कार्यक्रम कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख ,बेमौसमी आलु उत्पादन कार्यक्रम गुल्मी,प्युठान, रुकुम र रोल्पामा सञ्चालन गर्ने र त्यसका लागि १ करोड २० लाख रुपैंया खर्च गर्ने निर्णय गरेको छ ।
जसवाट ५ सय किसान लाभान्वित हुने अपेक्षा सरकारले गरेको छ ।
किसानले कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेको हुनुपर्ने र प्रति रोपनी ६ हजार रुपैंयाको दरले सरकारले अनुदान दिने निर्णय गरेको छ ।
मन्त्रीपरिषद बैठकले व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम— दाङ,पाल्पा, अर्घाखाँची, गुल्मी,प्यूठान, रोल्पा र रुकुमकका सात जिल्लामा सञ्चालन हुनेनिर्णय पनि गरेको छ ।
यो कार्यक्रमवाट ७ हजार किसान लाभान्वित हुने छन ।
कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्नेछ । मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिने ।
यो कार्यक्रमका लागि १४ करोड रुपैंया खर्च गर्ने गरि बैठले निर्णय गरको छ ।
कोभिड —१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रमका लागि २१ करोड ८० लाख खर्च गर्ने निर्णय बैठकले गरेको छ ।
प्रदेशका १ सय ९ वटै पालिकामा यो कार्यक्रम लागु गर्ने जनाएको छ । व्यवसायिक खेतीका लागि मल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने र प्रति किसान २० हजारका दरले सहयोग गर्ने निर्णय बैठकले गरेको छ । यस कार्यक्रमवाट १० हजार ९ सय लाभान्वित हुन बताईएको छ ।
ब्रोइलर कुखुरापाल्ने साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड बैठकले विनियोजन गरेका छ भने २ हजार किसानलाई ३५ हजार रुपैंयाका दरले अनुदान दिन निर्णय गरेको छ । जसवाट ६ हजार लाभान्वित हुने भएका छन ।
दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया
विनियोजन गरिएकोमा दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्याङक हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैंयाका दरले अनुदान दिने समेत बैठकले गरेको छ ।
बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैया ,सवै जिल्लामा सञ्चालन गर्ने र २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने तथा प्रति बिघा २० हजार रुपैंयाका दरले अनदान दिन निर्णय गरेको छ ।
यी सबै कार्यक्रमबाट प्रदेशका ४१ हजार ४ सय जना प्रत्यक्ष लाभान्वित हुनेसरकारले अपेक्षा लिएको छ ।
मन्त्री परिषदको बैठकले प्रदेश स्वास्थ्य नीति—२०७७ , स्वास्थ्य नियमावली,स्किृति गरेको छ ।
त्यसैगरि रोल्पामा वम विष्फोटमा मारिएका चार बालबालिकाका परिवारलाई १ लाख रुपैंयाका दरले राहत दिने निर्णय पनि गरेको छ ।
केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७७ प्रदेशसभा समक्ष पेश गर्न स्विकृति दिने ,जेठ ९ गते प्रदेश सभा आव्हानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरि नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेमा क्वारेन्टाइनमा बस्ने विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्दे्शिका तयार गरी कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
प्रदेशका कोरोना विशेष अस्पतालको क्षमता बढाउने , बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने निर्णय गरेको छ ।
बैठकले बुटवलमा २ सय बेड थप्ने भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्ने निर्णय पनि गरेको छ ।
त्यसैगरि बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने निर्णय पनि सरकारले गरेको छ ।
विरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने र त्यसको स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने निर्णय गरेको मुख्य मन्त्रीका पे्रस सल्लाहकार शेर बहादुर केसीद्धारा जारी पे्रस नोटमा उल्लेख गरिएको छ ।