Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एकल महिलालाई सामाजिक संस्थाले बाँडे राहत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एकल महिलालाई सामाजिक संस्थाले बाँडे राहत

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७७ · 0
एकल महिलालाई सामाजिक संस्थाले बाँडे राहत
60
SHARES
ShareTweet

बुटवल, १ बैशाख । बुटवलमा क्रियाशिल विभिन्न सामाजिक संस्थाहरुले लकडाउनका कारण समस्यामा परेका एकल महिलाहरुलाई राहत वितरण कार्यलाई निरन्तरता दिएका छन् । बुधबार देखि बुटवलमा रहेका एकल महिलाहरुलाई राहत वितरण गरेका ती संस्थाले विहिबार पनि वुटवल उपमहानगरका विभिन्न वडामा रहेका एकल महिलालाई राहत सामाग्री वितरण गरेका हुन् ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन र यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण एकल महिलाहरु समस्यामा परेकाले उनीहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको एकल महिला समूह रुपन्देहीका सचिव रिता सेनले जानकारी गराउनु भयो । सचिव सेनका अनुसार एकल महिला समूह रुपन्देही, आशिष सामाजिक सेवा नेपाल र अम्वेडकर सोसियल फाउण्डेसन लुम्विनीको सहकार्यमा बुटवल १,२,३,७,८ र ११ वडामा रहेका एक सय पाँच जना एकल महिलाहरुलाई राहत समाग्री प्रदान गरिएको हो ।
बुटवल ७ र ८ मा वडा अध्यक्षहरु कमलबहादुर थापा र भीमबहादुर श्रेष्ठ, वडा नम्वर ३ मा वडा सदस्य सरस्वती कुवँर, वडा नम्वर १ र २ मा कमला नगरकोटी र एकल महिला समूह रुपन्देहीका अध्यक्ष राधिका श्रेष्ठले राहत सामाग्री वितरण गर्नुभएको थियो ।
वडा नम्वर ११ का जनप्रतिनिधि रणबहादुर थापाले एकल महिला समूह लगायतका सामाजिक संस्था राहत बोकेर जनताको घरदैलोमा आएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
राहत वितरण कार्यक्रमको संयोजन कोभिड–१९ नागरिक सरोकार अभियानले गरेको छ ।
राहत वितरण कार्यक्रममा संविधान सभा सदस्य विनोद पहाडीले लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहतका लागि आर्थिक सहयोग गर्ने सहयोग दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
सामाजिक अभियन्ता पदम कार्की र एकल महिला समूह रुपन्देही सचिव रिता सेनले लकडाउनका बेला अपनाउनु पर्ने सावधानी र सचेतनाका वारेमा प्रकाश पार्दै बुटवल क्षेत्रका एकल महिलाहरुलाई लक्षित गरेर राहत वितरण गरिएको वताउनु भयो ।
राहत संकलन तथा वितरण कार्यक्रममा नागरिक अभियानका विनोद पोख्रेल, संगीत कर्मी संघका अध्यक्ष दुर्गा नेपाल क्षेत्री, सीता आचार्य, आशिष सामाजिक सेवा नेपालका तविदा विश्वकर्मा, सरोज गौतम, पवित्रा खनाल, विजय गौतम, अमृत गहतराजलगायतले संयोजन गर्दै आउनु भएको छ ।
यी संस्थाको समन्वय र सहकार्यमा बुधवार बुटवल उपमहानगरपालिका वडा नं. १२ र १३ मा बसोवास गर्ने ४५ परिवारका एकल महिलाहरुलाई राहत वितरण गरिएको थियो ।

≪ Previous Post

रुपन्देहीको गैडहवा जेठ ५ सम्म सिल

Next Post ≫

सर्वोच्चद्वारा पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क