Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको गैडहवा जेठ ५ सम्म सिल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको गैडहवा जेठ ५ सम्म सिल

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७७ · 0
रुपन्देहीको गैडहवा जेठ ५ सम्म सिल
60
SHARES
ShareTweet

बुटवल १ जेठ
रुपन्देहीको गैडहवा गाउपालिका यही जेठ ५ गते सम्म पुर्णरुपमा सिल गरिएको छ । गैडहवा गाउपालिकामा बैशाख ३१ गते अथात बुधवार १० जनामा कोरोना संक्रमित पुष्टि भएपछि थप कोरोना संक्रमण हुन नदिन गैडहवा गाउपालिका स्तरिय बिपद ब्यस्थापन समितिको विहिवार बसेको बैठकले गैडहवा सिल गर्ने निर्णय गरेको हो ।
गैडहवा गाउपालिकाका अध्यक्ष तथा बिपद ब्यबस्थापन समितका संयोजक बच्छुलाल केवटको अध्यक्षतामा बसेको बैठकले औषधी पसल बाहेक सम्पुर्ण ब्यापार ब्यबसायहरु समेत पुर्ण रुपमा बन्द गरी गैडहवा गाउपालिका भित्र बिना अनुमती आवत जावतमा रोक लगाई गाउपालिका सिल गर्ने गराउने निर्णय गरेको छ ।
यदि कोही कसै बिना अनुमती अनधिकृत रुपमा गाउपालिका भित्र आवत जावत गरेको पाइएमा सुरक्षाकर्मीहरुको सहयोगमा आवस्यक कारर्वाही गर्ने गराउने निर्णय समेत बैठकले गरेको छ ।
गैडहवा गाउपालिकामा कोरोना भाइरस कोभिड १९ को संक्रमण तिब्र भएको र अझ थप हुने सम्भावनालाई ध्यान दिदै कोरोना भाइरसको पुर्णरुपमा रोकथाम तथा न्यूनिकरणका लागि गैडहवा गाउपालिका सिल गर्नको लागि आवस्यक ब्यबस्था मिलाउन जिल्ला सुरक्षा समिती तथा जिल्ला संकट ब्यबस्थापन केन्द्रलाई समेत सफिारिस गर्ने निर्णय गरेको छ ।
यस्तै गाउपालिकालाई सिल गरी वडा वडामा हुने बिभिन्न ब्यापार ब्यबसायलाई वडामा क्रियाशिल बिभिन्न संघसंस्था र टोल बिकास संस्थाहरुको समन्वयमा बन्द गर्न लगाउने र ब्यबसायीहरुले यदी अटेर गरेको खण्डमा प्रशासन लगाई तत्काल कार्वाही गर्ने गराउने निर्णय भएको गैडहवा गाउपालिकाका अध्यक्ष केवटले जानकारी गराउनु भएको छ ।
अध्यक्ष केवटले अत्यावस्यक काम पनि सामाजिक दुरी कायम गरी काम गर्न गराउन गैडहवावासीलाई आग्रह गर्नु भएको छ ।
यस्तै कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम तथा न्युनिकरणका लागि खटिइ आएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,जनप्रतिनीधिहरु लगायतमा कोरोना संक्रमणको आशंका भएकोले निजहरुको समेत पिसिआर परिक्षण गर्न जिल्ला प्रशासन कार्यलय रुपन्देहीलाई आग्रह गर्ने र स्वाव संकलनको लागि आवस्यक प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला,भैरहवामा बिशेष अनुरोध गर्ने बैठकले निर्णय गरेको गैडहवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीबी घिमिरेले जानकारी दिनु भएको छ ।
बैठकमा उपाध्यक्ष सुभावती यादव,गैडहवा गाउपालिकाका ९ वटै वडाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,शसस्त्र प्रहरी बल लोण्डिहवा बेसक्याम्पका शसस्त्र प्रहरी निरीक्षक गंगा बहादुर कार्की,इलाका प्रहरी कार्यालय,सूर्यपुराका हरिहर खडका,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का होमनाथ भट्टराई,दुर्गा प्रसाद आचार्य,जनता समाजबादीका मोहम्मद इस्लाम,साबिक सूर्यपुरा गा.बि.सका पुर्व गा.बि.स. अध्यक्ष सत्य नारायण पथिक,तुलसीराम यादव र नेपाल रेडक्रस सोसाइटी,लुम्बिनी उपशाखाका सभापति अल्ताफ हुसेन खाँ लगायतको उपस्थिती रहेको थियो । यो गाउपालिका सिल संगै जिल्लाका ८ वटा स्थानियतहमा पुर्ण रुपमा आवत जावत बन्द गरिएको छ ।

≪ Previous Post

भीम अस्पताललाई व्यवसायी रायमाझीद्वारा स्वास्थ्य सामग्री प्रदान

Next Post ≫

एकल महिलालाई सामाजिक संस्थाले बाँडे राहत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क