Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भीम अस्पताललाई व्यवसायी रायमाझीद्वारा स्वास्थ्य सामग्री प्रदान
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भीम अस्पताललाई व्यवसायी रायमाझीद्वारा स्वास्थ्य सामग्री प्रदान

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७७ · 0
भीम अस्पताललाई व्यवसायी रायमाझीद्वारा स्वास्थ्य सामग्री प्रदान
70
SHARES
ShareTweet

भैरहवा, १ जेठ । नोभल कोरोना भाइरस पोजिटिभ देखिएका विरामीको उपचार शुरु गरेको भैरहवाको भीम अस्पताललाई युवा व्यवसायी सुनिल रायमाझीले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।
होटल निर्वाणाका अध्यक्ष समेत रहेका रायमाझीले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको प्रयोजनार्थ ५ थान पिपीई, एक हजार थान मास्क, एक थान थर्मलगन र ग्लोब्स सहयोग स्वरुप प्रदान गर्नुभएको हो ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै अस्पताल सन्चालक समिति सदस्य समेत रहनुभएका सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले अस्पतालको सेवालाइ प्रभावकारी बनाउन युवा व्यवसायी रायमाझीले दिएको सहयोग उल्लेखनीय रहेको बताउनु भयो । ‘यो महामारी विरुद्धको युद्धमा सबैको एकता जरुरी छ । सबैको सहयोगले नै कोरोनालाई जित्न सकिन्छ ।’ नगर प्रमुख अधिकारीले भन्नुभयो ।
प्रदेश कोरोना विशेष अस्पतालको रुपमा सन्चालन भएको भीम अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको प्रयोजनार्थ सामाजिक उत्तरदायित्व अन्र्तगत आफुले सकेको सहयोग गरेको र भविश्यमा पनि अस्पताललाई आवश्यक परे अरु सहयोग गर्न तयार रहेको ब्यवसायी रायमाझीले वताउनु भयो ।
कोरोनाका विरामीको उपचारका लागि २८ बेड सन्चालनमा रहेको उक्त अस्पतालमा हाल १९ जना कोरोना पोजिटिभ देखिएका विरामीको उपचार भईरहेको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले जानकारी गराउनु भयो ।
भीम अस्पताल भैरहवालाई कोरोना भाइरस पोजिटिभ देखिएका विरामीलाई उपचार गर्नेगरी कोरोना विशेष अस्पतालको रुपमा सन्चालन गरिएको छ । उक्त अस्पतालमा कोरोना रोग लागेका विरामीकोलागि विशेष उपचार कक्ष सन्चालन गरिएको छ । तीनवटा भेन्टिलेटर सहित ५ बेड आईसीयु रहेको उक्त अस्पतालमा ३० जना स्वास्थ्यकर्मीले सेवा दिईरहेका छन् ।
कोरोना विशेष अस्पताल सन्चालनको लागि प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले भीम अस्पतालको संयोजन गरिरहनुभएको छ ।

≪ Previous Post

सीमा विवादको दिर्घकालीन समाधान खोजिनुपर्दछ

Next Post ≫

रुपन्देहीको गैडहवा जेठ ५ सम्म सिल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क