श्यामलाल पोखरेल
बुटवल ३१ बैशाख
कालापानीबाट भारतीय सेना हटाउन र भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताका लागि कुटनीतिक पहल गर्नुपर्ने राष्ट्यि जागरण परिषद, नेपालको माग छ । कालापानी क्षेत्रमा वर्षौदेखि बस्दै आएको भारतीय सेना हटाउन अहिलेसम्मका सरकारले चासो नदिएको राष्ट्यि जागरण परिषद, नेपाल रुपन्देही अध्यक्ष चित्रबहादुर थापाले उल्लेख गर्नु भएको छ ।
परिषद् रुपन्देही अध्यक्ष थापाले विज्ञप्ती जारी गरी दार्चुलाको नेपाली भूमि मिचेकोे कालापानी क्षेत्रमा भारतले बनाएको बाटोको विषयलाइ अन्तर्राष्ट्यि करण गर्नुपर्ने बताउनु भएको छ ।
भारतले निरन्तर नेपाली भूमि मिचिरहंदा पनि ओली नेतृत्वको सरकार बोल्न नसक्दा भारतले हेपाहा र एकलौटी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कालापानी क्षेत्र लिपुलेक र लिम्पियाधुराको भू–भाग नेपालको नक्शामा राखेर सार्वजनिक गर्नुपर्ने राष्ट्यि जागरण परिषद, माग गरेको छ ।
नेपाललाई सबै भन्दा बढी खतरा भारतको रहेकाले आफ्नो भूमिसंरक्षणका लागि सबै नेपालीबीच एकता आवश्यक रहेको परिषद्ककको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
भारतले नेपालको स्भाविमान र सार्वभौमसत्ता माथि ठाडो हस्तक्षेप गर्दै आएकाले भारतले मिचेको सबै भूमि फिर्ताका लागि राज्यलाइ दबाव दिनुको विकल्प छैन । कम्युनिष्ट नामको दुइतिहाइ बहुमत ओली सरकार भारतसंग झुकेकाले भारतले नेपालको सार्वभौमिकता, अखण्डता र एकतामाथि हस्तक्षेप गरिरहेको अध्यक्ष थापाले उल्लेख गर्नु भएको छ ।
दिन दाहाडै भारतले नेपाली भूमि मिचिरहंदा पनि सरकारले कुटनीतिक पहल गर्न नसक्नु दुखको विषय रहेकाले तत्काल कुटनीतिक पहल गरेर समस्याको समाधान निकाल्न सरकारसंग माग गर्नुभएको छ । नेपालको भूमिमा सडक विस्तार गरेर उद्घघाटन गर्दासमेत नेपाल सरकारले चाल नपाउनु गम्भीर विषय रहेको बताउंदै दुइ तिहाईको नामको कम्युनिष्ट सरकार भारतसंग झुकेकोसमेत विज्ञप्तीमा उल्लेख गरिएको छ । कोरोनाको महामारीको बेला भारतले नियतबस नेपालको सहमति बिना कालापानी क्षेत्रमा सडक विस्तारको विषयले नेपालप्रति भारतको गलत नियत रहेको प्रष्ट भएकोसमेत विज्ञप्तमिा उल्लेख गरिएको छ । विश्भर फैलिएको कोरोना भाइरसका कारण आफ्नो देश आउन चाहेका नेपाली र सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई नेपाल ल्याई क्वारेनटाइनमा राख्न परिषद्ले माग गरेको छ ।