Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कम्युनिष्ट सरकार भारतसंग झुक्यो: राष्ट्रिय जागरण परिषद
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कम्युनिष्ट सरकार भारतसंग झुक्यो: राष्ट्रिय जागरण परिषद

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७७ · 0
70
SHARES
ShareTweet

श्यामलाल पोखरेल

बुटवल ३१ बैशाख
कालापानीबाट भारतीय सेना हटाउन र भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताका लागि कुटनीतिक पहल गर्नुपर्ने राष्ट्यि जागरण परिषद, नेपालको माग छ । कालापानी क्षेत्रमा वर्षौदेखि बस्दै आएको भारतीय सेना हटाउन अहिलेसम्मका सरकारले चासो नदिएको राष्ट्यि जागरण परिषद, नेपाल रुपन्देही अध्यक्ष चित्रबहादुर थापाले उल्लेख गर्नु भएको छ ।
परिषद् रुपन्देही अध्यक्ष थापाले विज्ञप्ती जारी गरी दार्चुलाको नेपाली भूमि मिचेकोे कालापानी क्षेत्रमा भारतले बनाएको बाटोको विषयलाइ अन्तर्राष्ट्यि करण गर्नुपर्ने बताउनु भएको छ ।
भारतले निरन्तर नेपाली भूमि मिचिरहंदा पनि ओली नेतृत्वको सरकार बोल्न नसक्दा भारतले हेपाहा र एकलौटी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कालापानी क्षेत्र लिपुलेक र लिम्पियाधुराको भू–भाग नेपालको नक्शामा राखेर सार्वजनिक गर्नुपर्ने राष्ट्यि जागरण परिषद, माग गरेको छ ।
नेपाललाई सबै भन्दा बढी खतरा भारतको रहेकाले आफ्नो भूमिसंरक्षणका लागि सबै नेपालीबीच एकता आवश्यक रहेको परिषद्ककको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
भारतले नेपालको स्भाविमान र सार्वभौमसत्ता माथि ठाडो हस्तक्षेप गर्दै आएकाले भारतले मिचेको सबै भूमि फिर्ताका लागि राज्यलाइ दबाव दिनुको विकल्प छैन । कम्युनिष्ट नामको दुइतिहाइ बहुमत ओली सरकार भारतसंग झुकेकाले भारतले नेपालको सार्वभौमिकता, अखण्डता र एकतामाथि हस्तक्षेप गरिरहेको अध्यक्ष थापाले उल्लेख गर्नु भएको छ ।
दिन दाहाडै भारतले नेपाली भूमि मिचिरहंदा पनि सरकारले कुटनीतिक पहल गर्न नसक्नु दुखको विषय रहेकाले तत्काल कुटनीतिक पहल गरेर समस्याको समाधान निकाल्न सरकारसंग माग गर्नुभएको छ । नेपालको भूमिमा सडक विस्तार गरेर उद्घघाटन गर्दासमेत नेपाल सरकारले चाल नपाउनु गम्भीर विषय रहेको बताउंदै दुइ तिहाईको नामको कम्युनिष्ट सरकार भारतसंग झुकेकोसमेत विज्ञप्तीमा उल्लेख गरिएको छ । कोरोनाको महामारीको बेला भारतले नियतबस नेपालको सहमति बिना कालापानी क्षेत्रमा सडक विस्तारको विषयले नेपालप्रति भारतको गलत नियत रहेको प्रष्ट भएकोसमेत विज्ञप्तमिा उल्लेख गरिएको छ । विश्भर फैलिएको कोरोना भाइरसका कारण आफ्नो देश आउन चाहेका नेपाली र सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई नेपाल ल्याई क्वारेनटाइनमा राख्न परिषद्ले माग गरेको छ ।

≪ Previous Post

नेकपाका नेता रावलका सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमणपछि, स्थायी कमिटी बैठक अनिश्चित

Next Post ≫

पाल्पामा राष्ट्रिय जनमोर्चाका ८ नेता गिरफ्तार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क