Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोना संक्रमित भेटिएपछि रुपन्देहीको सीमामा थप कडाई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना संक्रमित भेटिएपछि रुपन्देहीको सीमामा थप कडाई

संसारपोस्ट संवाददाता · २१ बैशाख २०७७ · 0
कोरोना संक्रमित भेटिएपछि रुपन्देहीको सीमामा थप कडाई
70
SHARES
ShareTweet


बुटवल २१ बैशाख
विश्व नै आक्रान्त पारेको कोभिड १९ (कोरोना) रुपन्देहीमै देखिए पछि यहाँका स्थानिय तहहरुले थप सर्तकता अपनाएका छन् । अहिले सम्म लकडाउनमा केही नरम भएका स्थानिय तहहरु यसको पालनमा कडाई अपनाउन थालेका हुन ।
रुपन्देहीमै कोरोना संक्रमित देखिए पछि जिल्लाको सीमा नाकामा पर्ने गाउँपालिकाहरुले आकस्मिक बैठक बसेर बिभिन्न निर्णय गरेका छन् । रोहिणी गाउँपालिकाको आकस्मिक बैठकले सीमानाकाहरुमा थप सर्तकता र कडाई अपनाउने निर्णय गरेको छ । गाउँपालिकाको ५ वटा वडाहरु भारतीय सीमा सित जोडिएर रहेको हुदा यी वडाहरुमा गाउँपालिकाले स्थानियहरुको थप टोली बनाई उनिहरुलाई परिचालित गर्ने जनाएको छ ।

यस्तै गाउँपालिकावासीलाई अत्यावश्यक काम बाहेक घरबाहिर नजान तथा पास बाहेकका सवारी साधन नचलाउन पनि गाउँपालिकाले सूचना जारी गरेको छ । रोहिणी गाउँपालिकाको बाटो प्रयोग गर्ने बिभिन्न मालवाहक सवारी साधनहरु अब देखी रोहिणी गाउँपालिकामा रोक्न नपाउने निर्णय समेत गरिएको छ । गाउँपालिकाले अति विपन्न परिवारहरुको लागी दोश्रो चरणको राहत वितरण गर्ने जानकारी पनि दिएको छ । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले रुपन्देहीमै कोरोना देखिएकोले यस क्षेत्रमा थप सर्तकता अपनाईएको बताउनु भयो् । उहाँले सुरक्षाकर्मि र स्थानिय स्वयम सेवक सहित अहिले आफै खटिएको बताउनु भयो । उहाँले यस अघि पनि कडाई गरिए पनि अब देखी भने थप कडा रुपमा लकडाउनको पालना गर्ने बताउनु भयो । यसका साथै सीमानाकाबाट अवैध रुपमा आवागमन रोक्न स्थानिय स्वयमसेवकहरुलाई खाजा खर्च दिएर उनिहरुलाई अझै सक्रिय बनाईने उहाँले बताउनु भयो ।

≪ Previous Post

बजेट अधिवेशन वैशाख २६ गते बोलाउने सरकारको निर्णय

Next Post ≫

कोरोना नियन्त्रणका लागि सिकौ सैनामैना नगरपालिकाको कार्यशैली, नेपालमै नमुना हुन सक्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क