Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बम विष्फोटमा परेर रोल्पामा चार वालवालिकाको मृत्यु
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बम विष्फोटमा परेर रोल्पामा चार वालवालिकाको मृत्यु

संसारपोस्ट संवाददाता · १८ बैशाख २०७७ · 0
बम विष्फोटमा परेर रोल्पामा चार वालवालिकाको मृत्यु
70
SHARES
ShareTweet


रोल्पा, १८ बैशाख । रोल्पामा बम विस्फोटमा परेर चार बालबालिकाले ज्यान गुमाएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँका चार बालबालिकाको आज (बिहीबार) साँझ बम विष्फोटमा परेर मृत्यु भएको रोल्पा प्रहरीले जानकारी गराएको छ ।
प्रहरीका अनुसार मृत्यु हुने वालवालिकामा वर्ष १४ का नोकिराम डाँगी, १४ वर्षकै गौरव नेपाली, ११ वर्षका विमला खत्री र ५ वर्षका विजय खत्री छन् । विमला र विजय एकै परिवारका हुन् ।
गाउँ देखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न गएका थिए । गाउँलेहरुले चारजना वालवालिकाको मृत्यु भएको देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार गाउँ नजिकैको जंगलमा गएका चारैजनाको बम विस्फोटमा परेर घटनास्थलमै मृत्यु भएको हो ।
घटना कसरी भयो भन्ने बारे केही खुल्न सकेको छैन । सशस्त्र द्वन्दको समयमा तत्कालिन माओवादीले लुकाएर राखेको वम विस्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । वालवालिकाले बम भेटाएर खेलाउने क्रममा वा कुल्चिएर विस्फोट भएको हो कि भन्ने आशंका गरिएको छ । प्रहरी प्रमुख गुरुङका अनुसार के कारणले घटना भएको हो भन्ने विषयमा अनुसन्धान भैरहेको छ ।
बम विस्फोट भएको घटनास्थल नजिकै अर्को बमसमेत फेला परेको छ । नेपाली सेनाको वम डिष्पोजल टोलीले नपड्किएको बम डिस्पोज गरेपछि मात्र वालवालिकाको शव उठाइने प्रहरीले जनाएको छ ।

≪ Previous Post

तिलोत्तमामा सुविधासम्पन्न मृगौला डायलाइसिस सेन्टर स्थापना हुने

Next Post ≫

कार दुर्घटना हुंदा एकको मृत्यु, दुई घाईते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क