Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ जन्मकैद सजाय तोकिएका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

जन्मकैद सजाय तोकिएका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ

संसारपोस्ट संवाददाता · १८ बैशाख २०७७ · 0
जन्मकैद सजाय तोकिएका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ
80
SHARES
ShareTweet


स्याङ्जा, १८ वैशाख । जन्मकैद सजाय तोकिएका फरार प्रतिवादी चापाकोट नगरपालिका–८ बस्ने हाल ६७ वर्षीय डिल्ली बहादुर घर्तीलाई घटना घटेको ४१ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ ।
२०३३ साल बैशाख २ गते तत्कालीन रत्नपुर गाँउपञ्चायत हाल चापाकोट नगरपालिका–८ कालीगण्डकी नदी किनारास्थित खोरियाघाटमा मेला चलिरहेको बखतमा पाल्पा जिल्ला तत्कालीन गोदारछाप गाँउ पञ्चायत बस्ने भारतिय सेनामा कार्यरत रही घर बिदामा आएका २४ वर्षीय जीत बहादुर रानालाई कुटपिट गरी कालीगण्डकी नदीमा फालेर बेपत्ता बनाएकोमा घटनाको ३ दिनपछि घटनास्थल भन्दा करिब ४ सय मिटर टाढा कालीगण्डकी नदीमै जीत बहादुरको शव फेला परेको थियो ।
उक्त घटनामा संलग्नहरु १३ जनालाई जिल्ला अदालत स्याङ्जाबाट २०३६ माघ १७ गते कसूरदार ठहर गरी जन्मकैदको फैसला भएकोमा तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन भई सो अदालतबाट २०३९ कात्तिक २४ गते जिल्ला अदालत स्याङ्जाकै फैसला सदर गरेको र प्रतिवादीहरूले पुनः सर्वोच्च अदालतमा पुनरावेदन गरेकोमा २०४० माघ ८ गते जिल्ला तथा क्षेत्रीय अदालतकै फैसला सदर गरेको थियो ।
जन्म कैदको सजाय तोकिए पश्चात् फरार रहेका प्रतिवादी मध्येका डिल्ली बहादुरलाई घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेशले सजाय भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ ।
फरार प्रतिवादीमध्ये तत्कालीन रत्नपुर गाउँ पञ्चायत–८ बस्ने हाल ७० वर्षीय भक्त बहादुर कुमाललाई २०७१ माघ ६ गते प्रहरीले पक्राउ गरेकोमा हाल जिल्ला कारागार कास्कीमा सजाय भुक्तान गरिरहेका छन् भने अर्का फरार प्रतिवादी तत्कालीन रत्नपुर गाउँ पञ्चायत–८ हाल चापाकोट नगरपालिका–८ घर भएका तत्काल चापाकोट टार सिंचाई आयोजनामा पियन पदमा कार्यरत हाल ६५ वर्षीय देबि बहादुर घर्तीलाई २०७५ भदौ २१ गते प्रहरीले पक्राउ गरेकोमा हाल जिल्ला कारागार पाल्पामा सजाय भुक्तान गरिरहेका छन् ।
घटनामा संलग्न रही फरार रहेका अन्य प्रतिवादीहरुको समेत प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

≪ Previous Post

आज मिति २०७७ वैशाख १८ गते बिहीबार

Next Post ≫

कृषि मन्त्रीलाई तिलोत्तमाको सुझाव : मल, बीऊ र कृषि उपकरणमा ७५ प्रतिशतसम्म अनुदान माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क