नवलपुर, १७ बैशाख । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा काम गर्ने क्रममा आज (बुधबार)एक जना मजदुरको मृत्यु भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका ४ निवासी २५ बर्षीय मदनदास श्रेष्ठको निधन भएको नवलपुर प्रहरीले जनाएको छ ।
कारखानाको दोस्रो तल्लामा काम गरिरहँदा उनी खसेर गम्भीर घाईते भएका थिए । गम्भीर घाईते श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमा नै निधन भएको प्रहरीले जनाएको छ ।
