Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ तिलोत्तमा मेयर कप फुटवलको उपाधिकालागि सौभाग्य र डिएमसी भिड्ने
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा मेयर कप फुटवलको उपाधिकालागि सौभाग्य र डिएमसी भिड्ने

संसारपोस्ट संवाददाता · २८ असार २०७६ · 0
तिलोत्तमा मेयर कप फुटवलको उपाधिकालागि सौभाग्य र डिएमसी भिड्ने
90
SHARES
ShareTweet


तिलोत्तमा, २८ असार । तिलोत्तमा नगरपालिकामा जारी प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज शनिवार सौभाग्य र डिएमसी भिड्ने भएका छन् ।
प्रतियोगिता अन्तर्गत शुक्रवार भएको दोस्रो सेमिफाईनल खेलमा स्मृति स्पोर्ट्स एकेडेमीलाई पराजित गर्दै सौभाग्य युवा क्लब बुटवल फाईनलमा प्रवेश गरेको हो । तिलोत्तमा –१ स्थित चप्परहट्टी खेलमैदानमा भएको खेलमा सौभाग्य युवा क्लव ३–१ गोल अन्तरले विजयी भएको हो । पहिलो सेमिफाईनल खेलमा पाल्पा–११ लाई ४–० गोल अन्तरले पराजित गर्दै डिएमसी युवा क्लव यसअघि नै फाइनलमा प्रवेश गरिसकेको थियो । उपाधिका लागि फाईनल प्रतिष्प्रधा आज शनिबार हुने एकेडेमीका अध्यक्ष तिलक नेपालीले जानकारी दिनुभयो ।
तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा खेल संचालन गरिएको हो । शुक्रवारको खेलमा स्मृतिका अरुण गाहाले ७ औ मिनेटमा गोल गर्दै खाता खोलेपनि त्यसपछि स्मृतिका कुनै खेलाडीले गोल गर्न सकेनन् । सौभाग्यका दिपेश आलेले ९ औ, बिशाल ठकुरीले ५४ औ र शरद क्षेत्रीले ६० औ मिनेटमा गोल गरेका थिए । खेलमा सौभाग्यका शरद क्षेत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको उपाधि विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ तथा उपविजेतालाई ५५ हजार ५ सय ५५ साथै मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा उत्कृष्ट एक–एक जना डिफेन्डर, स्टाईकर, गोलकिपर र कोचलाई समेत नगद तथा कपबाट पुरस्कृत गरिने एकेडेमीका महासचिव युबराज पराजुलीले जानकारी दिनुभयो । असार १३ देखि शुरुभएको प्रतियोगितामा रुपन्देही र पाल्पा जिल्लाका गरि १६ टिमले सहभागिता जनाएका थिए ।

≪ Previous Post

दुर्घटनामा एकको मृत्यु, जंगलमा वेवारिसे शव

Next Post ≫

भैरहवाबाट काठमाण्डौ जांदै गरेकोे ट्रक त्रिशुलीमा खस्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क