Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ तरकारीको विषादी परीक्षणपछि मात्र रुपन्देहीमा गाडीको भन्सार पास
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तरकारीको विषादी परीक्षणपछि मात्र रुपन्देहीमा गाडीको भन्सार पास

संसारपोस्ट संवाददाता · २७ असार २०७६ · 0
तरकारीको विषादी परीक्षणपछि मात्र रुपन्देहीमा गाडीको भन्सार पास
80
SHARES
ShareTweet

बुटवल २७ असार

रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट तरकारीर फलफूल बोकेका भारतीय गाडी विषादी परीक्षणबाट मात्रै भन्सार पास गर्न सुरु गरिएको छ ।

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि भारतबाट आयात गरिएका तरकारी तथा फलफूलको विषादी जाँच गरेर मात्रै गाडी भन्सार पास गर्न सुरु गरिएको हो । बुटवलमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा विषादी जाँच गरेपछि मात्रै बेलहियाबाट फलफूल र तरकारी बोकेका गाडी नेपाल भित्र्याउने गरिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले जानकारी दिनुभयो ।

सर्वोच्चले गत बुधबार विषादी जाँच तत्काललाई स्थगीत गर्ने मन्त्रिपरिषदको असार १८ को निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको आदेशको भोलिपल्ट बिहीबारदेखि नै बेलहियाबाट विषादी परीक्षणपछि मात्रै फलफूल र तरकारी बोकेका गाडी नेपाल प्रवेश गर्न दिइएको सूचना अधिकृत पौडेलले बताउनुभयो ।

बिहिबारदेखि नै तरकारी र फलफूलको विषादी परीक्षणपछि मात्रै गाडीको भन्सार पास गरेका छौं, दुई दिनमै ५० वटा भन्दा बढी विषादी जाँच गरेका गाडी भन्सार पास भएका छन्–उहाँले भन्नुभयो । बणिज्य तथा आपूर्ति विभागले असार २ गते तरकारी तथा फलफूल आयात गर्दा भन्सार विन्दुमै विषादी चेकजाँच गरेरमात्रै पैठारी गर्नुपर्ने व्यवस्था लागू गरेको थियो । तर, तीन साता नबित्दै सरकारले उक्त निर्णय स्थगीत गरेको थियो ।

विषादी जाँच्ने निर्णयबाट पछि हटेर सरकारले नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै सर्वोच्च अदालतमा त्यसविरुद्ध रिट परेको थियो । सरकारि निर्णयपछि विषादी जाँचबिनै बेलहिया नाकाबाट धमाधम तरकारी तथा फलफूल बोकेका गाडी नेपाल भित्रिएका थिए । भारतलगायत तेस्रो मुलुकबाट बेलहिया नाका हुँदै आयात गरिने फलफूल तथा तरकारीको विषादी परीक्षण सुरु गरिएको क्वारेन्टाइन कार्यालय बेलहियाका प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

बुटवलमा रहेको जाँच इकाईबाट विषादी परीक्षणको रिपोर्ट नआएसम्म हामीले गाडी प्रवेश दिएका छैनौं–उहाँले भन्नुभयो । भन्सार नाकामा गाडी आएपछि व्यवसायीले विषादी परीक्षणका लागि बुटवलमा रहेको जाँच इकाईमा लैजाने गरेका छन् ।

सर्वोच्चको आदेशलगत्तै तरकारी र फलफूल बोकेका गाडी विषादी परीक्षण गरेर त्यसको रिपोर्टका आधारमा मात्रै भन्सार पास गर्नु भनेर विभागबाट निर्देशन आएपछि हामीले सोही अनुसार गरेका हौं–भन्सारका सूचना अधिकृत पौडेलले भन्नुभयो । बेलहिया नाकामा भने विषादी परीक्षण इकाई छैन । यसअघि सरकारको निर्णयसँगै एक साता सीमामै गाडी रोकिएका थिए । त्यसपछि व्यवसायीले काठमाडौंको कालीमाटीमा रहेको परीक्षण इकाईमा जाँच गरेर रिपोर्ट ल्याएपछि त्यसैका आधारमा गाडी भन्सार पास गर्ने गरिएको थियो ।
कर्मचारी अभावले बुटवलमा रहेको जाँच इकाई बन्द हुँदा विषादी जाँचका लागि काठमाडौं लैजानुपर्ने बाध्यता व्यवसायीलाई थियो । लुम्बिनी फलफूल तथा तरकारी थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीले बुटवलमा विषादीको परीक्षण हुन थालेपछि व्यवसायीलाई पनि सहज भएको बताउनुभयो । अहिले बुटवलको विषादी जाँच इकाई प्रदेश पाँच सरकारले संचालन गरेको छ ।
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालयमा दरबन्दीमा रहेका बरिष्ठ बाली संरक्षण अधिकृत राम बहादुर खत्रीलाई प्रदेश सरकारले हाल विषादी अवशेष द्रत विश्लेषण इकाई ९प्रयोगशाला० को प्रमुखको रुपमा खटाएको छ ।

≪ Previous Post

शिक्षिकाद्धारा अस्पतालमा जन्म दिन

Next Post ≫

४ लाख घुससहित सुर्खेतका डीएफओ पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क