बुटवल २७ असार
रुपन्देहीमा एक शिक्षीकाले आफ्नो जन्म दिन अस्पतालमा मनाउनु भएको छ् ।
ओमसतिया गाउपालिकामा रहेको श्रीराम जानकी आधारभूत विद्यालयको सहायक प्राचार्य तिर्था अर्यालले आफ्नो जन्मदिनअस्पतालका विरामीहरुसंग मनाउनु भएको हो् ।
शुक्रबार २९ औं जन्मदिन मनाउने क्रममा उहाँले भैरहवाको भिम अस्पतालमा रहेका ५५ जना विरामीलाई फलफुल बितरण तथा विरामीको कुरुवा, चिकित्सक र अन्य कर्मचारीलाई केक खुवाएर मनाउनु भयो ।
बुबा नन्दराम अर्याल र आमा रेनुका अर्यालको सुपुत्रीको रुपमा सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरमा जन्मनु भएकी अर्यालको झापाका सनत कुमार ओलीसंग बैबाहिक सम्बन्ध कायम भएको छ । शिक्षण पेशामा आबद्ध उहाँले विदाको समय पनि सामाजिक सेवामा क्रियासील भएर बिताउने गरेको अर्यालको साथी सरोज ठकुरीले बताउनु भयो ।
जन्मदिनको अवसरमा अस्पताल परिसरमा उहाँलाई शुभकामना दिदैं अस्पतालका इमरजेन्सी विभाग प्रमुख गोपाल उपाध्यायले अस्पतालमा रहेका विरामीकोलागी फलफुल बितरण कार्य अत्यन्तै प्रशसंनीय भएको बताउनु भयो । ‘नया पुस्ता रेष्टुरेन्ट र होटलहरुमा रमाईरहेको बेला अर्यालको कार्य उदाहरणीय देखियो ।
अस्पतालका विरामीलाई फलफुल बितरण गर्दा अत्यन्तै मन हर्षित भएको अर्यालले बताउनु भयो ।
