Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ राज्यले गर्नुपर्ने काम भलाई कोषले गरेको छ ः मन्त्री गिरी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राज्यले गर्नुपर्ने काम भलाई कोषले गरेको छ ः मन्त्री गिरी

संसारपोस्ट संवाददाता · २७ असार २०७६ · 0
राज्यले गर्नुपर्ने काम भलाई कोषले गरेको छ  ः मन्त्री गिरी
110
SHARES
ShareTweet

राज्यले गर्नुपर्ने काम भलाई कोषले गरेको छ ः मन्त्री गिरी
बुटवल, २७ असार
प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले यातायात क्षेत्रलाई व्यवस्थित गरिने बताउनु भएको छ् ।
बिगतमा कानुनको अभावमा यातायात क्षेत्रलाई उचित सम्बोधन गर्न नसकिएको भन्दै उहाँले प्रदेशसभाले अधिकांश कानुन बनाइसकेकाले अव यातायात क्षेत्र पनि व्यवस्थित हुने दावी गर्नु भयो ।
यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ४३ औं वार्षिक साधारण सभाको शुक्रवार उदघाटन गर्दै मन्त्री गिरीले दुर्घटना न्युनीकरण र दुर्घटना पछिको व्यवस्थापकीय भूमिकामा भलाई कोषले खेलेको भूमिकाको प्रशंसा गर्नु भयो । “दुर्घटना न्युनीकरण र क्षतिपुर्तीको विषय राज्यले अगाडि बढाउनुपर्ने हो, तर राज्यले गर्नुपर्ने काम भलाई कोषले गरेको छ”–मन्त्री गिरीले भन्नु भयो । यातायात मजदूरको क्षेत्रमा धेरै युवालाई रोजगारी प्रदान गरेर भलाई कोष जस्ता संस्थाले धेरै युवालाई विदेश जान रोकेको पनि उहाँले बताउनु भयो । उहाँले अहिले सरकारलाई चौतर्फी आक्रमण गर्ने प्रयास भैरहेको भन्दै व्यवसायी तथा मजदूरहरुलाई सजग रहन आग्रह गर्नु भयो ।
“भारतबाट विषादीयुक्त तरकारी परीक्षण गरेर मात्र आयात गर्ने सरकारले निर्णय ग¥यो, नागरिकले विषादीयुक्त खाद्य वस्तु सेवन नगरुन् भन्ने सरकारको मनसाय हो, तर कतिपयले विगतमा विषादी नै नभित्रिएको झैं गरेर सरकारमाथि नियोजित आक्रमण गरिरहेका छन्”–मन्त्री गिरीले भन्नुभयो–“तर विषादी परीक्षणलाई निरन्तरता दिइने छ ।”
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोषका अध्यक्ष दिनेश फुल्लेलले सवारीसाधनको वृद्धिसँगै दुर्घटनामा पनि वृद्धि हुँदै गएको र यसले थप चुनौती सिर्जना गरेको भन्दै चुनौतीलाई अवसरको रुपमा लिएर अघि बढ्ने बताउनु भयो । दुर्घटनापछिका घाइतेलाई महंगा अस्पतालमा उपचार गर्ने प्रवृत्तिले ठूलो धनराशी खर्च हुने गरेको र एउटै दुर्घटनामा पाँचलाख भन्दा बढी खर्च व्यहोर्नुपर्ने अवस्था कोषका लागि चुनौतीका रुपमा देखिएको उहाँले बताउनु भयो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले उद्योगी व्यवसायीहरु सरकारले लागू गरेको सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न इच्छुक नदेखिएको भन्दै मजदूरको मात्र नभएर स्वयं उद्योगी व्यवसायीको हितमा पनि यो ऐन आएकाले लागू गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा कोषका निवर्तमान अध्यक्ष नारायण भट्टराईले दुर्घटना न्युनीकरण ,संस्थाको दीगो विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । आर्थिक रुपले नाजुक अवस्थामा पुगेको संस्थालाई आफूले अहिलेको अवस्थामा ल्याइपु¥याएको भन्दै संस्थाको दीगो विकासका लागि आफ्नो सदैव सहयोग रहने बताउनु भयो ।
कोषका पूर्व अध्यक्ष कुमार थापाले समयको माग अनुसार संस्थालाई अगाडि बढाउनु पर्ने बताए । थुप्रै समस्या र चुनौतीको सामना गर्दै आएको कोषमाथि अहिले पनि थुप्रै चुनौती रहेको भन्दै थापाले चुनौतीको सामना गर्न सिंगो टिम एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनु भयो ।
अर्का पुर्व अध्यक्ष चिनबहादुर गुरुङले यातायात व्यवसायी र मजदूरको मात्र नभएर यात्रुहरुको सुरक्षामा पनि कोषले महत्वपूर्ण भूमिका खेलेको दावी गनु भयो ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारी, राप्ती यातायात प्रालिका सचिव नारायण न्यौपाने, प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी राम प्रसाद साह, काँग्रेसका युवा नेता विष्णु पोखरेल, सुरक्षित यात्रा अभियानका कृष्ण बेलबासे, स्वतन्त्र यातायात मजदूर संगठनका अध्यक्ष कृष्ण कंडेल, मिडिया उद्यमी पृथ्वी फौदार, होटल व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, रोडा ढुंगा व्यवसायी संघका प्रदेश पाँच अध्यक्ष गोपाल ज्ञवाली, कोषका उपाध्यक्ष छविलाल थापा, महासचिव योग गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले अध्यक्ष, महासचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।

≪ Previous Post

बन संरक्षणमा उपभोक्ताको सहभागिता आवश्यक

Next Post ≫

शिक्षिकाद्धारा अस्पतालमा जन्म दिन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क