Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ पर्यटन ≫ बन संरक्षणमा उपभोक्ताको सहभागिता आवश्यक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बन संरक्षणमा उपभोक्ताको सहभागिता आवश्यक

संसारपोस्ट संवाददाता · २७ असार २०७६ · 0
बन संरक्षणमा उपभोक्ताको सहभागिता आवश्यक
50
SHARES
ShareTweet


बुटवल, २६ असार । शंकरनगर सामूदायिक वन समूहले वनको महत्व, संरक्षण, अभिवृद्वि र गुरुयोजनाकाबारेमा तिलोत्तमा १–४ का पार्षदहरुका लागि आयोजना गरेको दुई दिने प्रशिक्षण शुक्रवार सकिएको छ ।
सामूदायिक वनलाई कानुनी विधि र प्रक्रिया अनुसार संरक्षणका लागि उपभोक्तालाई सचेत गराउने गरी वनले दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
५ सय ८४ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन क्षेत्रमा विगत केही वर्षदेखि दीगो वन व्यवस्थापनको कार्यक्रम सञ्चालन गरेको छ ।
शुक्रवारको कार्यक्रममा सहजीकरण गर्दै डिभिजन वन कार्यालय रुपन्देहीका सहायक वन अधिकृत गिरिप्रसाद गैरेले दीगो वन ब्यवस्थापन, वनको महत्व, वनको संरक्षण र यसमा उपभोक्ताहरुको भूमिकाका विषयमा जानकारी गराउनु भएको थियो ।
मौसम र जलवायुमा वनले अत्यन्तै महत्वपूर्ण असर पार्ने र यसले तातो हावालाई चिसो र चिसो हावालाई तातो तथा सुख्खा बनाई मौसमलाई सन्तुलनमा राख्ने भएकाले यसको संरक्षण गर्नु सवैको दायित्व हो सहायक वन अधिकृत गिरीले भन्नुभयो ।
यस्तै कार्यक्रममा सहजिकरण गर्दै वन विज्ञ तोलाकान्त डुम्रेले वन जंगलले घर र बालीहरूलाई हुरी र तातो घामबाट बचाइराख्नुका साथै ठूलो वर्षाबाट पनि बचाइराख्न महत्वपुर्ण भूमिका खेल्ने भएकाले वनलाई सवै मिलेर जोगाई राख्नुपर्ने वताउनु भयो । अर्को कुरा वनले विषाक्त दूषित पदार्थ शोषण गरी विश्व उष्णीकरण हुनबाट जोगाउने र जसले गर्दा पृथ्वीको तापक्रम ठिक्क राख्न मद्दत पु¥याउने हुनाले पनि वन जंगलको विकल्प अरु हुन नसक्ने डुम्रेले वताउनु भयो ।
कार्यक्रममा वनका कानुनी सल्लहाकार खुमकान्त पौडेलले सामुदायिक वनको विवादित ८२ विगाह जग्गाका सम्वन्धमा नारायण प्रसाद सापकोटाले सर्वाेच्च अदालतमा पुनरावेदन दिएकोमा सर्वोच्च अदालतले उक्त जग्गाको पुनः नक्शागरि फैसला गर्नु भनी निर्देशनात्मक आदेश जारी गरेको जानकारी गराउनुभयो । सर्वोच्च अदालतको आदेश अनुसार उच्च अदालत तुलसीपुर वुटवल इजलासले आगामी असोज ९ गतेका लागि पेशी तोकेको उहांले जानकारी गराउनुभयो । सामुदायिक वनका प्रेस सल्लाहकार खिमानन्द भट्टराईले वन जंगल एकातर्फ घाँस, दाउरा, काठ कृषि उपज आदिको हिसाबले महत्वपूर्ण छ भने अर्कोतर्फ वन जंगलको सम्बन्ध पर्यावरण सन्तुलनसँग पनि जोडिएको हुनाले यसलाई सवै मिलेर जोगाउनु पर्ने वताउनुभयो ।
समापन कार्यक्रममा सामुदायिक वनका अध्यक्ष राम गिरी, उपाध्यक्ष रविन्द्र वस्नेत, सचिव ईन्दु थापा, कोषाध्यक्ष कांशीराम काफ्ले, सदस्यहरु मिनप्रसाद देवकोटा, कमला ज्ञवाली, कालिका रेग्मी, तुलसा अर्याललगायतले वन संरक्षण र संवद्र्धनमा उपभोक्ताको सहभागिता र सक्रियताका विषयमा जानकारी गराउनुभएको थियो । दुई दिनसम्म चलेको प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा तीन सय पार्षदहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

आजको राशिफल २०७६ असार २७ शुक्रबार

Next Post ≫

राज्यले गर्नुपर्ने काम भलाई कोषले गरेको छ ः मन्त्री गिरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क