Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बैंक तथा बित्तिय संस्थाले सरकारको निर्णय नमान्दा व्यवसायी समस्यामा परेको गुनासो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बैंक तथा बित्तिय संस्थाले सरकारको निर्णय नमान्दा व्यवसायी समस्यामा परेको गुनासो

संसारपोस्ट संवाददाता · ८ बैशाख २०७७ · 0
बैंक तथा बित्तिय संस्थाले सरकारको निर्णय नमान्दा व्यवसायी समस्यामा परेको गुनासो
110
SHARES
ShareTweet


वुटवल ८ बैशाख
कोरना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा अत्यावश्यक बस्तुको सहज आपुर्ति ब्यवस्थापनका लागि प्रदेश सरकार र नीजि क्षेत्रबीच छलफल भएको छ ।
उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले सोमबार मन्त्रालयमा आयोजना गरेको छलफलमा कोरोनाका कारण उत्पन्न जटिल समस्यामा सर्वसाधारणको जीवनयापनलाई सहज बनाउने र सम्भावित आर्थिक संकटलाई ब्यवस्थापन गर्न नीजि क्षेत्र संग छलफल गरिएको हो ।
त्यस अवसरमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले कोरोनाका कारण बिश्वनै जटिल एंव समस्याग्रस्त अवस्थामा पुगेको भन्दै त्रासदिपुर्ण अवस्थाबाट मुलुकलाई जोगाउन र आफु पनि जोगिएर जिम्मेवारी निर्वाह गर्न आब्हान गर्नुभयो ।
उहाँले मुलुकको अर्थतन्त्र चौपट हुने अवस्थामा पुगेको र नीजि क्षेत्र धरासायी हुने अवस्थामा अवस्थामा पुगेको भन्दै यसलाइ सहजरुपमा ग्रहण गरेर माथि उठनु मात्र एकमात्र बिकल्प हो भन्नुभयो ।
मन्त्री गिरीले अत्यावश्यक बस्तु जनतामा पु¥याउने जिम्मेवारी प्रमुुख रुपमा नीजि क्षेत्रको नै आपुर्तिको जिम्मेवारी रहने भएकाले अफ्ठ्यारो अवस्थामा पनि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पु¥याएर उद्योगहरु चलाउन आग्रह गर्नुभयो ।
उहाँले नाजायज फाइदा र गतल तरिकाले पैसा कमाउने गरि कसैले पनि काम नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– उद्योगका कच्चा पदार्थको मूल्य बढेको भन्दै अपारदर्शी ढंगले नभइ उचित मुनाफा लिएर उपभोक्तालाई बस्तु उपलब्ध गराउनुपर्छ ।’
कार्यक्रममा मन्त्रालयका सचिव डा. राधा वाग्लेले प्रदेशमा अत्यावश्यक खाद्य बस्तुको संचितिको अवस्थाका बारेमा तथ्याङ्क संकलन अभिलेख ब्यवस्थापन गर्नुपर्ने औल्याउनुभयो । उहाँले तथ्याङ्क संकलनका लागि मन्त्रालयले नीजि क्षेत्र संगको सहकार्यमा सहजिकरण अनुगमन गर्ने समेत बताउनुभयो ।
छलफलमा नेपाल उद्योग परिसंघंका केन्द्रीय सदस्य एजाज आलमले बैंक तथा बित्तिय संस्थाहरुले सरकारले गरेको निर्णयलाई समेत नमानेर गैर मानवियता देखाएको भन्दै यसलाइ सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. ५ का उपाध्यक्ष दीपक कुमार पौडेलले खाद्य उद्योगमा समेत कच्चा पदार्थ, कामदारको अभाव र उद्योगमा नियमित आवत जावतका समस्याले बन्द हुने अवस्थामा रहेको बताउनुभयो ।
रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनीले बजारमा खाद्य बस्तुमा भएको मूल्य बृद्धि साना ब्यापारिका कारण नभएको दावी गर्नुभयो । उहाँले साना खुद्रा ब्यापारिले ठुला थोक बिक्रेतासंग माल पाएपनि बिल भने नपाउदा मूल्य निर्धारणमा अन्यौलता रहेकाले बजार अनुगमनको आवश्यकता औल्याउनुभयो ।
नेपाल उद्योग ब्यापार संघका अध्यक्ष नारायण भण्डारीले बस्तुको ढुवानीमा सबैभन्दा समस्या रहेकाले सरकारले यसकालागि सहजिकरण गरिदिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रकोप अवधिके बैंक ब्याजमा छुटको ब्यवस्था, घरबहाल करमा मिनाहा र ब्यवसायीक क्षेत्रलाई बर्गिकरण गरेर राहत प्याकेज ल्याउन सुझाव दिनुभयो ।
कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेमबहादुर हमाल, प्रदेश सदस्य कृष्ण कुमार श्रेष्ठ, उपाध्यक्ष उज्जल प्रसाद कसजु लगायतले सुझाव दिनुभएको थियो ।

≪ Previous Post

होटल व्यवसायी संघ रुपन्देहीद्धारा ६५ युनिट रगत संकलन

Next Post ≫

शान्तिपुरको एक पसलमा आगलागी एकजनाको ज्यान गयो तीन घाईते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क