Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शान्तिपुरको एक पसलमा आगलागी एकजनाको ज्यान गयो तीन घाईते
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्तिपुरको एक पसलमा आगलागी एकजनाको ज्यान गयो तीन घाईते

संसारपोस्ट संवाददाता · ८ बैशाख २०७७ · 0
शान्तिपुरको एक पसलमा आगलागी एकजनाको ज्यान गयो तीन घाईते
90
SHARES
ShareTweet


गुल्मी, ८ वैशाख । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुर बजार स्थित एक पसलमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने लाखौंको क्षती भएको छ । सोमबार विहान पसलमा आगलागी हुंदा बाग्लुङ बरेखानीका जनप्रतिनिधि समेत रहनुभएका पूर्ण खनालका १६ वर्षिय कान्छा छोरा समिर खनालको ज्यान गएको शान्तिपुर प्रहरी चौकीले जनाएको छ ।
आगलागीमा परी वडा अध्यक्ष खनाल सहित उहांकी श्रीमती र जेठा छोरा घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईते तिनै जनाको पाल्पा स्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।
खनाल सहित उहांकी श्रीमती र जेठा छोरा माथिल्लो तलामा रहेकाले आगलागि हुनासाथ छिमेकीको घरमा हामफालेर ज्यान जोगाउन सफल भए भने कान्छा छोरा समिर घरको पसल भएको सटरमा रहेको र तल्लो तलाबाटै आगलागि शुरु भएकाले उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।
बाग्लुङ बरेखानीका खनाल परिवारले विगत ७ बर्ष देखि गुल्मीको शान्तिपुरमा व्यापार व्यवसाय गर्दै आएको थियो । खनालको पसलमा सोमवार विहान करिव साढे ११ बजेको समयमा अकस्मात आगलागि भएको प्रहरीले जनाएको छ ।
पसलमा आगलागि हुंदा पसलको गोदामसँगै पसलका सबै सामान जलेर नष्ट भएको र २० लाख बढिको क्षती भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
बिहान लागेको आगो दिउसो २ बजे मात्र नियन्त्रणमा आएको थियो । शान्तिपुर प्रहरी चौकी, मजुवा प्रहरी चौकी, बाग्लुङको नयाँ बजार प्रहरी चौकी र शान्तिपुरका स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए । डिजल, पेट्रोल र मटितेललगायतका अति प्रज्वलनशिल पदार्थ भएका कारण खनाल परिवारका एक जना सदस्यलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लकडाउनको अवस्था भएकाले खनाल परिवारले एउटा सटर मात्र खोलेर समान बिक्री वितरण गर्दै आएको थियो ।
बजारको विचमा आगलागि भएपनि आगलागि नियन्त्रणमा खटिएका प्रहरी र स्थानीय बासिन्दाको अथक प्रयाशले गर्दा आगलागि भएको घरसँगै जोडिएका अन्य घर र पसलमा भने आगलागि हुन सकेन । घरमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

≪ Previous Post

बैंक तथा बित्तिय संस्थाले सरकारको निर्णय नमान्दा व्यवसायी समस्यामा परेको गुनासो

Next Post ≫

दल बिभाजन सम्बन्धी अध्यादेश जघन्य अपराध हो : झाक्री

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क