Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही नृत्यकर्मी संघद्धारा घरबहाल छुटका लागि अपिल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही नृत्यकर्मी संघद्धारा घरबहाल छुटका लागि अपिल

संसारपोस्ट संवाददाता · ८ बैशाख २०७७ · 0
रुपन्देही नृत्यकर्मी संघद्धारा घरबहाल छुटका लागि अपिल
70
SHARES
ShareTweet


बुटवल, ८ बैशाख
कोरोना भाईरस अर्थात कोभिड १९ बाट नृत्यकला क्षेत्रमा पनि प्रत्यक्ष प्रभाव परेको भन्दै रुपन्देहीमा संचालित नृत्यकर्मीेहरुले घरबहाल छुटका लागि अपिल गरेका छन । कोभिड १९ बो संक्रमणबाट बँच्न र बचाउन सरकारले लकडाउनको घोषणा गरेसँगै बन्द हुन पुगेका रुपन्देहीका डेढ दर्जन भन्दा बढि नृत्य कला केन्द्रहरु (डान्स सेन्टर)ले संयूक्त रुपमा अपिल जारी गर्दै कम्तिमा १ महिनाको घरबहाल छुट गरिदिन घरबेटीसँग आग्रह गरेका छन ।
कोरोना भाईरसका कारण भाडामा बस्नेहरुलाई थप समस्या परेको ठहर गर्दै नेपाल सरकारले १ महिनाको भाडा नलिनु भन्दै घरधनीसँग अनुरोध गरेपनि सबैले लागु नगरेकोले समस्या उत्पन्न भएको नेपाल नृत्यकर्मी संघ, रुपन्देहीले जनाएको छ । लकडाउनका कारण प्रशिक्षार्थी र प्रशिक्षकको अभावमा बन्द भएका डान्स सेन्टरहरुसँग कम्तिमा १ महिनाको घरभाडा नलिन घरधनीसँग अनुरोध गर्दै नृत्यकर्मी संघ, रुपन्देहीले घरधनीका लागि पनि कम्तिमा १ महिनाको बैंक ब्याज मिनाहा गरिदिनु हुन सरकारसँग माग गरेको छ ।
नेपाल नृत्यकर्मी संघ, रुपन्देहीका अध्यक्ष मुकेश गुरुङ र उपाध्यक्ष प्रियन्का थापाले अपिल जारी गर्दै यो बिषम परिस्थितीमा उत्पन्न समस्याको घरमै बसेर समाना गर्न, लकडाउनको पालना गर्न र आफुलाई सुरक्षित राखी धैर्यता अपनाउन सबैसँग आग्रह समेत गरिएको छ । अपिलमा साधना साँस्कृतिक कला केन्द्र, सगरमाथा कला केन्द्र, सप्तरङी कला केन्द्र, कुमारी कला केन्द्र, भैरहवा कला केन्द्र, सारथि कला केन्द्र, नृत्यम कला केन्द्र, यस.एम. कला केन्द्र, पिसमाउन्ट कला केन्द्र, निहारिका कला केन्द्र, सैनामैना कला केन्द्र लगाएत बिभिन्न डेढ दर्जन नृत्यकला केन्द्रहरुको समर्थन रहेको समेत जनाइएको छ ।

≪ Previous Post

केमिकल एण्ड मेडिकल सप्लायर्सद्धारा प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री प्रदान

Next Post ≫

होटल व्यवसायी संघ रुपन्देहीद्धारा ६५ युनिट रगत संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क