Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ केमिकल एण्ड मेडिकल सप्लायर्सद्धारा प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

केमिकल एण्ड मेडिकल सप्लायर्सद्धारा प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री प्रदान

संसारपोस्ट संवाददाता · ८ बैशाख २०७७ · 0
केमिकल एण्ड मेडिकल सप्लायर्सद्धारा प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री प्रदान
90
SHARES
ShareTweet


बुटवल ८ बैशाख
केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएसन अफ नेपाल (केमसन) लुम्बिनी शाखाले कोरोना रोकथाम र नियन्त्रणको लागि पाँच नम्बर प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
केमसनले १ सय सेट पिपिइ, १२ सय थान सर्जिकल माक्स, ५० थान पुनः प्रयोग गर्न सकिने समिरा प्लस, ४४ माक्स गरी ७ लाख ५० हजार रुपैया बराबरको सामाग्री मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरेको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका र यस क्षेत्रको सम्भावित जोमिलाई ध्यान दिँदै कोरोना नियन्त्रणका स्वास्थ्य सामाग्री सहयोग गरेको केमसन लुम्बिनीका अध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
संकटको बेला एशोसिएसनले सामाजिक दायित्व सम्झेर सहयोग गरेको र यसबाट कोरोना नियन्त्रणमा थोरै भएपनि सहयोग हुने आशा राखेको उहाँले बताउनुभयो । स्वास्थ्य सामाग्री ग्रहण गर्दै मुख्यमन्त्री शंकर पोखरेलले संकटको बेलामा व्यवसायीबाट राम्रो सहयोग मिलेको उल्लेख गर्दै आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको बताउनुभयो ।
सो अवसरमा औषधि व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, केमसन लुम्बिनीका निवर्तमान अध्यक्ष विजय खनाल, सचिव दिपक भट्टराई, कोषाध्यक्ष दिपक खनाल, सदस्य सुरज खत्री लगायत व्यवसायीहरुको सहभागीता रहेको थियो ।

≪ Previous Post

२०७७ साल बैशाख ८ गते सोमवारको राशिफल

Next Post ≫

रुपन्देही नृत्यकर्मी संघद्धारा घरबहाल छुटका लागि अपिल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क