Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ क्ञ्चनमा भएको रक्तदानमा,१ सय ५० युनिट संकलन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

क्ञ्चनमा भएको रक्तदानमा,१ सय ५० युनिट संकलन

संसारपोस्ट संवाददाता · ३ बैशाख २०७७ · 0
क्ञ्चनमा भएको रक्तदानमा,१ सय ५० युनिट संकलन
70
SHARES
ShareTweet

बुटवल ३ बैशाख

कञ्चन गाउपालिका साबिक रुद्रपुरमा क्रियाशिल बिभिन्न संघ संस्थाहरुको नेतृत्वमा कञ्चनको पिपरीचापा र थकालीचौकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाको समन्वय तथा सुनगाभा बिकास केन्द्र, लालीगुरांस युवा क्लव, जनआस्था पृथ्वी क्लव,एकता युवा क्लव,प्रगतीशिल युवा क्लव, लायन्स क्लव अफ कञ्चन हरैया,अस्नैया युवा क्लव,रिभरसाइड युवा क्लव,हिमालय सामुदायिक बिकास केन्द्र संयुक्त आयोजनानमा संचालित खुल्ला रक्तदान कार्यक्रममा १ सय ५० युनिट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी,कञ्चन उपशाखाका सचिव तुल बहादुर थापाले जानकारी दिनु भएको छ ।

बिश्वभर नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई रोकथाम तथा न्युनिकरणका लागि देशभर गरिएको लकडाउनका कारण रगतको अभाव भई अस्पालमा उपचारत बिरामीहरुको उपचारमा समस्या आएका कारण नेपाल रेडक्रस सोसाइटी,जिल्ला शाखा,रुपन्देहीको नेतृत्वमा रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमको आयोजना गरी रगत संकलनको कार्यलाई प्राथमिकता दिइएको जिल्ला शाखा रुपन्देहीका शाखा सभापति प्रेमलाल उदासले जानकारी दिनु भएको छ ।

दुईदिने खुल्ला रक्तदन कार्यक्रमको पहिलो दिन भएको रक्तदान कार्यक्रममा स्वयमसेवक रक्तदाताहरुको उत्साहजनक उपस्थिती रहेको र कञ्चनमा हरेक रक्तदान कार्यक्रममा सधै उत्साहजनक रक्तदाताहरुको उपस्थिती रहदै आएको स्मरण गर्दै कञ्चनका रक्तदाताहरुले जिवन र मृत्युको दोसांधमा रहेका देशभरका बिरामीहरुलाई पुनर्जिवन दिन उल्लेख्य भुमिका खेल्दै आएको प्रति शाखा सभापति उदासले धन्यबाद ब्यक्त गर्नु भएको थियो ।

खुल्ला रक्तदान कार्यक्रमको दोश्रो दिन भोली सुनगाभा सामुदायिक बिकास केन्द्रको कार्यलय,कञ्चन–४,सुनगभाचौकमा रक्तदान हुने सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यक्रम संयोजक गोपाल बहादुर के.सी.ले जानकारी दिनु भएको छ ।

≪ Previous Post

लकडाउन अवधीको ऋणको व्याज मिनाहा गर्न होटल तथा रेष्टुरेण्ट व्यवसायीको माग

Next Post ≫

७० प्रकारका कोरोनाबिरुद्ध खोपको विकास, तीन खोप मानवमा परिक्षण शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क