Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लकडाउन अवधीको ऋणको व्याज मिनाहा गर्न होटल तथा रेष्टुरेण्ट व्यवसायीको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउन अवधीको ऋणको व्याज मिनाहा गर्न होटल तथा रेष्टुरेण्ट व्यवसायीको माग

संसारपोस्ट संवाददाता · ३ बैशाख २०७७ · 0
लकडाउन अवधीको ऋणको व्याज मिनाहा गर्न होटल तथा रेष्टुरेण्ट व्यवसायीको माग
110
SHARES
ShareTweet


बुटवल ३ बैशाख
विश्वभर महामारीका रुपमा फैलिरहेकाने कोरोना संक्रमणवाट होटल तथा रेष्टुरेण्ट व्यवसायीको व्यवसाय संकटग्रस्त भएकोले लकडाउन अवधीको बैंक तथा वित्तिय संस्थावाट लिएको ऋणको व्याज मिनाहा गर्न माग गरिएको छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायीसंघ रुपन्देहीले एक विज्ञप्ति जारी गरि व्यवसायीलाई राहत प्रदान गर्न सरकारले व्यवसायीले व्यवसाय संचालन गर्नका लागि बैंक तथा वित्तिय संस्थावाट लिएको ऋणको व्याज मिनाह गर्न माग गरेको हो ।
लकडाउन अवधीभरमा व्यवसाय संचालन गर्न नसकिएको र व्यवसाय बन्द हुदा आम्दानीको स्रोत्तपनि बन्द भएकाले व्यवसायीले लिएको ऋणको व्याज तिर्न समस्या हुने भएकोले सामाजिक उत्तरदाईत्वलाई मनन गरि व्यवसायीलाई राहत स्वरुप व्याज मिनाह गरि सहयोग गरि दिन संघका अध्यक्ष समुन्द्र जिसी र महासचिव माधव कुमार खनालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघले यस अघि नै व्यवसायीले घर भाडामा लिएर व्यवसाय संचालन गरेकाको मासिक भाडामा ५० प्रतिशत छुट गरिदिन माग गरेकोमा लकडाउन अवधीभरको घरभाडाको शुल्कमा ५० प्रतिशत छुट दिन घर धनीसंग पुनः आह्वान पनि गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रुपन्देहीमा साना ठुला गरि ६ हजार होटल तथा रेष्टुरेण्ट व्यवसायी रहेका छन ।
व्यवसायीले व्यवसाय संचालन गर्नका लागि ४ अर्ब भन्दा बढी बैक तथा वित्तियसंस्थावाट ऋण लिएको पनि संघद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा लकडाउनका कारण व्यवसाय बन्द हुदा होटल तथा रेष्टुरेण्टमा काम गर्ने कर्मचारी तथा मजदुरको समस्या विकराल हुन गएकोले उनिहरुलाई आफनो घरजाने व्यवस्था मिलाउन पनि सरोकारवालसंग माग गरिएको छ ।
त्यस्तै व्यवसाय बन्द रहेकाले गन्तव्यतर्फ जान पैदल हिडेका यात्रुहरुले खान वस्न नपाउदा सडक छाप सरह हुनु परेको विकराल अवस्थालाई सरकारले ध्यान दिन पनि माग गरिएको छ ।
संघले होटल व्यवसायीको व्यवसाय अगाडी नै स्वास्थ्य परिक्षणको व्यवस्था मिलाई स्वस्थ्य व्यक्तिलाई होटलमा राख्न मिल्ने गरि सिष्टम बनाउनु पर्नेमा समेत जोड दिएको छ । स्थानिय तहहरुले प्रदान गर्ने राहतले सम्बन्धी जिल्लाको वाहेककालाई दिन नपाउने व्यवस्थाले वाहिरी जिल्लाका व्यक्ति रुपन्देही जिल्लामा रहेका र उनिहरुले राहत नपाउदा समस्या भएको पनि विज्ञप्तिमा उललेख गरिएको छ । कोरोनाको महामारीको अवस्थामा स्थानिय तहहरु प्रचारमुखिभन्दा पनि समस्या पहिचान गरि समाधान तर्फ गम्भिर हुन जरुरी रहेको संघले जनाएको छ ।

≪ Previous Post

कोरोना बिरुद्ध टोलटोलमा विलचिङ पाउडर प्रयोग

Next Post ≫

क्ञ्चनमा भएको रक्तदानमा,१ सय ५० युनिट संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क