Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शाइन रेसुंगा बैंकले दियो प्युठानलाई ५० थान पीपीई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शाइन रेसुंगा बैंकले दियो प्युठानलाई ५० थान पीपीई

संसारपोस्ट संवाददाता · २८ चैत्र २०७६ · 0
शाइन रेसुंगा बैंकले दियो प्युठानलाई ५० थान पीपीई
80
SHARES
ShareTweet


बुटवल, २८ चैत । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले प्युठान जिल्लालाई ५० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) दिएको छ । बैंकले शुक्रबार प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिलाई उक्त पीपीई सेट हस्तान्तरण गरेको हो । बैंकको प्युठान बिजुवार शाखाका इन्चार्ज मेघराज पोखरेलले शुक्रबार हस्तान्तरण गरेका पीपीई सेट प्युठान नगरपालिका, प्युठान जिल्ला अस्पताल, ऐरावती, नौ बहिनी, झिमरुक, सरुमारानी, गौमुखी र माण्डवी गाउँपालिका, जिल्ला प्रहरी कार्यालय, खलंगा र भिंगृ स्वास्थ्य केन्द्र, नेपाली सेना र सशष्त्र प्रहरी गणलाई नगरपालिकाले आवश्यकता अनुसार बांड्ने बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिनुभयो ।
यसअघि बैंकले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा २५ लाख ५० हजार रुपैयां प्रदान गरेको थियो । त्यस अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका अस्पताल, स्वास्थ्य केन्द्र र स्थानीय तहहरुमा कोभिड–१९ का शंकास्पद विरामीको उपचारका लागि पीपीई सेट अभाव रहेको भन्दै बैंकसंग सहयोगको आग्रह गर्नुभएको थियो । मुख्यमन्त्रीको आग्रह अनुसार प्युठानमा बांडिएको र प्रदेशका अन्य जिल्लामा पनि क्रमशः पीपीई सेट वितरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनु भयो । प्रदेश ५ को पहिलो र एकमात्र राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुंगाका प्रदेश ५ का १० जिल्ला, गण्डकी प्रदेशको बागलुङ बुर्तिबाङ र बागमती प्रदेशको चितवनमा गरी १२ जिल्लामा ७० वटा शाखा कार्यालय छन् ।

≪ Previous Post

कोरोना उपचार कोषमा २८ लाख ५० हजार सहयोग

Next Post ≫

क्वारेन्टाइनमा बसेका नवलपुरका ६६ जना घर फर्किए

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क