Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोना उपचार कोषमा २८ लाख ५० हजार सहयोग
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कोरोना उपचार कोषमा २८ लाख ५० हजार सहयोग

संसारपोस्ट संवाददाता · २८ चैत्र २०७६ · 0
कोरोना उपचार कोषमा २८ लाख ५० हजार सहयोग
80
SHARES
ShareTweet


बुटवल, २८ चैत । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. प्रधान कार्यालय, बुटवलले नेपाल सरकार र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु.२८ लाख ५० हजार सहयोग गरेको छ ।
विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा नेपाल सरकार र प्रदेश सरकारहरूले कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरेको कोषमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले सहयोग रकम उपलब्ध गराएको हो ।
संस्थाले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. ११ लाख सहयोग गरेको छ । संस्थाले केन्द्र सरकार सगै ७ वटै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा पनि समान रुपले आर्थिक सहयोग गरेको छ ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. १ को कोरोना जनसुरक्षा कोषमा रु. २ लाख ५० हजार, प्रदेश नं. २ को कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २ लाख ५० हजार, वाग्मती प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २ लाख ५० हजार, गण्डकी प्रदेशको कोषमा रु. २ लाख ५० हजार, प्रदेश नं. ५ सरकारको कोषमा रु. २ लाख ५० हजार, कर्णाली प्रदेश सरकारको कोषमा रु. २ लाख ५० हजार र सूदुरपश्चिम प्रदेशको कोषमा रु. २ लाख ५० हजार गरी जम्मा रु. २८ लाख ५० हजार सहयोग रकम प्रदान गरेको छ ।

≪ Previous Post

तिलोत्तमामा कोरोना भाइरस संक्रमण संकट व्यवस्थापन केन्द्र गठन

Next Post ≫

शाइन रेसुंगा बैंकले दियो प्युठानलाई ५० थान पीपीई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क