Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ तिलोत्तमामा कोरोना भाइरस संक्रमण संकट व्यवस्थापन केन्द्र गठन
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमामा कोरोना भाइरस संक्रमण संकट व्यवस्थापन केन्द्र गठन

संसारपोस्ट संवाददाता · २८ चैत्र २०७६ · 0
तिलोत्तमामा कोरोना भाइरस संक्रमण संकट व्यवस्थापन केन्द्र गठन
80
SHARES
ShareTweet


तिलोत्तमा, २८ चैत । तिलोत्तमा नगरपालिकाले कोरोना महामारी विरुद्धको पूर्वतयारीलाई अझैं प्रभावकारी बनाउन लकडाउनलाई कडाईका साथ कार्यान्वयन गराउने निर्णय गर्दै यसको परिपालना गर्न तथा गराउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ । बिहीबार भिडियो कन्फरेन्समार्फत् बसेको कार्यपालिकाको ८२ औं बैठकले हालसम्म भएका कोरोना पूर्वतयारीका कामको समीक्षा गर्दै आगामी दिनको कार्ययोजना बनाएको हो ।
कोरोनाको कारण भिडियो कन्फरेन्सबाट गरिएको बैठकमा अधिकांश कार्यपालिका सदस्यहरु सहभागी रहेको प्रेस सल्लाहकार बीपी गौतमले जानकारी दिनुभयो । नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी चौधरी, प्रवक्ता सुरेन्द्र श्री, प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा नगरपालिका कार्यालयमा रहनुभएको थियो भने अन्य कार्यपालिका सदस्यहरु आआफ्नो वडा कार्यालय तथा घरबाटैं भिडियो कन्फरेन्स बैठकमा सहभागी हुनुभएको थियो ।
२८ सदस्यीय तिलोत्तमा नगरकार्यपालिकाको बैठक व्यक्तिबीचको दुरी कायम राख्ने सन्देशका लागि समेत भिडियो कन्फरेन्सबाट गरिएको प्रेस सल्लाहकार गौतमले बताउनुभयो । बैठकमा नगर प्रमुख बासुदेव घिमिरेले कोरोना पूर्वतयारीका सन्दर्भमा हालसम्म भएका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो भने उपप्रमुख जागेश्वरी चौधरीले राहत वितरणको बारेमा जानकारी गराउनुभएको थियो ।
बैठकले लकडाउनलाई अझै प्रभावकारी बनाउन प्रहरीको क्रियाशीलता बढाउने, टोल विकास संस्थालाई परिचालन गर्नेलगायतका निर्णय गरेको छ । यस्तै कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारलगायतका कामहरु गर्न संकट व्यवस्थापन केन्द्र गठन गरेको छ । नगर प्रमुखको अध्यक्षतामा गठित सदस्यहरुमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नेकपा तिलोत्तमा अध्यक्ष, नेपाली काँग्रेसका नगर सभापति, शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख, प्रवक्ता, विपद् व्यवस्थापन समिति संयोजक, स्वास्थ्य शाखा संयोजक, तिलोत्तमा मिडिया क्लवका अध्यक्ष, सुरक्षा निकायका प्रमुख तथा विपद् व्यवस्थापन समितिका सदस्य सचिव रहेका छन् ।

≪ Previous Post

तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन

Next Post ≫

कोरोना उपचार कोषमा २८ लाख ५० हजार सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क