Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कपिलवस्तुको वनगाईसम्म मुटु अस्पतालको निःशुल्क बस सेवा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तुको वनगाईसम्म मुटु अस्पतालको निःशुल्क बस सेवा

संसारपोस्ट संवाददाता · २६ चैत्र २०७६ · 0
कपिलवस्तुको वनगाईसम्म मुटु अस्पतालको निःशुल्क बस सेवा
70
SHARES
ShareTweet


बुटवल, २६ चैत । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले कपिलवस्तुको वाणगंगा नगरपालिकाको बनगाई सम्म निःशुल्क बस संचालन गर्ने भएको छ । लकडाउनका कारण सवारी साधन नचल्दा मिर्गौलाको डायलाइसिस गर्नुपर्ने विरामी समस्यामा परेपछि अस्पतालले निःशुल्क बस संचालन गर्न लागेको हो ।
विगत दुईवर्ष देखि नवलपरासीको बर्दघाट र तिलोत्तमाको मणिग्राम सम्म दैनिक निःशुल्क बस सेवा संचालन गर्दै आएको अस्पतालले विहिबारदेखि कपिलवस्तुको बनगाई सम्म निःशुल्क बस संचालन गर्ने भएको हो ।
नियमित रुपमा मिर्गौलाको डायलाईसिस गर्न आउने कतिपय विरामीहरु लकडाउनको कारण महंगो भाडा तिरेर एम्बुलेन्स मार्फत अस्पताल आउनु पर्ने र कतिपय बुटवलमै कोठा भाडामा लिएर बस्न बाध्य भएको अवस्थालाई मध्येनजर गरी उनीहरुको सुविधाका लागि निःशुल्क बस सेवा संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष एजाज आलमले वताउनु भयो ।
हप्तामा दुईपटक डायलाईसिस गराउनुपर्ने भएपनि कपिलवस्तुका कतिपय विरामी लकडाउनका कारण अस्पतालमा बस्न बाध्य भएपछि अस्पतालले बस संचालन गर्न लागेको हो । अधिकांश विरामीहरु हप्तामा दुईदिन मिर्गौला डायलाईसिस गर्नुपर्ने अवस्थाका भएकोले विहिबार र सोमबार हप्ताको दुईदिन कपिलवस्तुको कोईली बनगाईसम्म बस संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष आलमले जानकारी गराउनु भयो ।
विहिबार र सोमबार विहान नौं बजे बनगाईबाट बस छुट्ने भएकोले नौं बजेभित्र सडकमा आईपुग्न अस्पतालले विरामीहरुलाई आग्रह गरेको छ । हाल फरकफरक दिनमा डायलाईसिस गराउंदै आएका सो क्षेत्रका विरामीहरुको समय विहिबार र सोमबार मिलाएर भएपनि सेवा दिन लागिएको अध्यक्ष आलमले जानकारी दिनुभयो । डायलाईसिसको लागि विहान अस्पताल ल्याएका बिरामीहरुलाई डायलाइसिस गरिसकेपछि सांझ ४ बजे बनगाई सम्म नै छोड्ने ब्यवस्था अस्पतालले मिलाएको छ ।
कपिलवस्तु सम्म बस सेवा संचालन हुने भएपछि बुटवलदेखि पश्चिम सैनामैना, सालझण्डी, रुद्रपुर समेतका सबै विरामीलाई समेत राहत मिल्ने छ । हाल बुटवलदेखि पश्चिम कपिलवस्तुसम्मका ६४ जना विरामी नियमित डायलाईसिसको लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेका अस्पतालले जनाएको छ ।

≪ Previous Post

कोरोना राहत कोषमा सहयोग गर्न प्याब्सनको तयारी

Next Post ≫

एघार दिनपछि बाबुरामको शव उठ्यो, तीनबुँदे सहमति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क