Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोना राहत कोषमा सहयोग गर्न प्याब्सनको तयारी
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना राहत कोषमा सहयोग गर्न प्याब्सनको तयारी

संसारपोस्ट संवाददाता · २६ चैत्र २०७६ · 0
कोरोना राहत कोषमा सहयोग गर्न प्याब्सनको तयारी
70
SHARES
ShareTweet

श्यामलाल पोखरेल



बुटवल, २६ चैत । कोरोना भाईरस (कोभिड–१९)महामारीको रुपमा फैलिदै गएको अवस्थामा रुपन्देही प्याब्सनले राज्यलाई सहयोग गर्ने तयारी गरेको छ । कोरोना भाईरस रोकथाम तथा उपचारका लागि तीनै तहका सरकारले राहत कोष स्थापना गरेका छन् ।
राज्य तथा सरकारलाई सहयोग पुराउने गरी राहत कोषमा सहयोग गर्न आन्तरिक तयारी भैरहेको प्याब्सन रुपन्देही अध्यक्ष लेखनाथ पौडेलले जानकारी गराउनुभयो । संसारभर फैलिएको महामारी रोक्नका लागि सरकारको निर्देशन पालना गर्ने र सक्दो सहयोग पुराउने मानवीय दायित्व भित्र पर्ने भएकाले रुपन्देही प्याब्सनले जिल्लाका स्कूलहरुसंग आन्तरिक परामर्श जारिराखेको अध्यक्ष पौडेलले जानकारी गराउनु भयो । अध्यक्ष पौडेलका अनुसार रुपन्देहीको कञ्चन गाउँपालिका, सैनामैना नगरपालिका र सिद्धार्थ नगर नगरपालिकामा राज्यलाई सहयोग गर्ने गरी राहत संकलन भएको र अन्य गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामा राहत संकलनका लागि तयारी भैरहेको छ ।
राज्य तथा सरकारलाई सहयोग गर्न प्याब्सन रुपन्देही अन्तर्गतका गाउँं, नगर समितिहरुसंग के कति सहयोग गर्ने भन्ने विषयमा आन्तरिक छलफल भैरहेको भन्दै अध्यक्ष पौडेलले भन्नुभयो – ‘छिट्टै कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा सहयोग पुराउने गरी प्याब्सनले सहयोग घोषणा गर्ने छ ।’
कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि सरकारले देशभर लकडाउन गरेपछि अन्य क्षेत्र जस्तै विद्यालय र विद्यार्थी समेत प्रभावित भएका छन् । कोरोना संक्रमण महामारीको रुपमा फैलिन थालेपछि सरकारले सावधानी अपनाउंदै यही चैत ११ गतेदेखि १८ गते सम्म पहिलो चरणको लकडाउन घोषणा गरेको थियो । लकडाउनसंगै परिक्षा दिएर घरमा बसेका प्याव्सन रुपन्देही अन्तर्गतका १ लाख २३ हजार विद्यार्थी प्रभावित भएका छन् । सरकारले दोस्रो पटक चैत १८ देखि २५ र तेस्रो पटक बैशाख ३ गतेसम्म लकडाउनको समय लम्ब्याएपछि लकडाउनको निर्देशनलाई पालना गर्नुपर्ने भएकाले विद्यार्थीको रिजल्टसमेत निजी विद्यालयहरुले सार्वजनिक गर्न सकेका छैनन् ।
प्याव्सन रुपन्देहीमा आवद्व २ सय ५३ विद्यालयले आआफ्नै तरिकारले आन्तरिक रुपमा रिजल्ट तयार गरेको प्याब्सन रुपन्देही अध्यक्ष पौडेलले जानकारी गराउनु भयो । सरकारे लकडाउन फिर्ता गरेको भोलीपल्टै रिजल्ट निकाल्ने गरी विद्यालयहरु तयारी अवस्थामा रहेको अध्यक्ष पौडेलको भनाइ छ । अप्ठ्यारो परेको अबस्थामा राज्यलाई सहयोग गर्ने विषयमा प्याब्सन केन्द्रदेखि जिल्ला तहसम्म सकारात्मक रहेको प्याब्सन प्रतिनिधिहरुले बताएका छन् । यसविचमा कोरोना संक्रमणका कारण विद्यालय बन्द भएको अवस्थाको एक महिनाको शुल्क विद्यार्थीबाट नलिन सरकारले निजी विद्यालयहरुलाई आह्वान गरेको छ । स्कूलहरु शिक्षक, कर्मचारीहरुलाई तलव दिनुपर्ने र बैंकहरुको व्याज र ऋण तिर्नुपर्ने बाध्यतामा रहेकाले त्यस विषयमा पनि राज्यको ध्यान जान जरुरी रहेको प्याब्सन रुपन्देहीले बताएको छ । प्याब्सन केन्द्र र रुपन्देही जिल्ला प्याब्सनका अध्यक्ष तथा पदाधिकारीहरुले राज्यले बैंकको व्याज छुटमा सहयोग गरेमा विद्यार्थीबाट उठाइने एक महिनाको शुल्क मिनाहा गर्न सकिने आशय व्यक्त गरेका छन् । कोरोना भाइरस महामारीको अवस्थामा देशलाई अप्ठ्यारो परेको अवस्थामा बोल्न नसकेका प्याब्सनका पदाधिकारीहरु घुमाउरो पारामा भने एक महिनाको शुल्क तथा फि छुट नदिने पक्षमा छन् । तर महामारीको अवस्थामा बोल्न नसकेका कारण प्याब्सन प्रतिनिधि तथा नीजि स्कुल सञ्चालकहरु समस्यामा परेका छन् । शिक्षक कर्मचारीहरुलाई तलव दिनुपर्ने र बैंकको ब्याज, किस्ता तिर्नुपर्ने अवस्था देखाउंदै फि उठाउने पक्षमा केन्द्रदेखि स्थानीय तहसम्मका प्याब्सन प्रतिनिधिहरु एक ठाउंमा छन् । अरु बेला बिचारको आधारमा विभाजित प्याब्सन फि तथा शुल्क उठाउने विषयमा भने एक ठाउंमा उभिने गरेका छन् ।

≪ Previous Post

शंकटका बेला अस्पताल नआउने ५ जना चिकित्सक कारवाहीमा

Next Post ≫

कपिलवस्तुको वनगाईसम्म मुटु अस्पतालको निःशुल्क बस सेवा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क