Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ शंकटका बेला अस्पताल नआउने ५ जना चिकित्सक कारवाहीमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शंकटका बेला अस्पताल नआउने ५ जना चिकित्सक कारवाहीमा

संसारपोस्ट संवाददाता · २६ चैत्र २०७६ · 0
शंकटका बेला अस्पताल नआउने ५ जना चिकित्सक कारवाहीमा
80
SHARES
ShareTweet


बुटवल, २६ चैत । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत ५ जना चिकित्सक कारवाहीमा परेका छन् । कोरोनाको महामारीका बेला विना सूचना अस्पताल नआउने चिकित्सकहरुलाई कारवाही प्रक्रिया शुरु गरिएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कारवाही प्रक्रियाको पुष्टि गर्दै लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्रप्रसाद खनालले विना सूचना अस्पतालमा उपस्थित नभएका ५ जना चिकित्सकहरुलाई कारवाही स्वरुप सेवाबाट हटाईएको जानकारी दिनुभयो । मेडिकल सुपरिटेण्डेण्ट डा. खनालका अनुसार अस्पतालमा रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, नाक, कान र घाँटी (इएनटी) विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्कीलाई सेवाबाट हटाईएको हो ।
अस्पतालका अनुसार कारवाहीमा परेका पाँचै जना अस्पताल प्रशासनलाई जानकारी नगराई अस्पतालमा अनुपस्थित रहेका थिए । उनीहरु सबै करारमा नियुक्त चिकित्सकहरु हुन् ।
सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको वेलामा सेवामा नखटिने जो सुकै चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएको बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष सूर्य भट्टराईले संकटको बेलामा सेवामा हाजिर नहुने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई कारवाही गरिने बताउनु भयो ।
सरकारले पनि विरामी, काजक्रिया र सुत्केरी विदा बाहेकका कुनैपनि विदा स्वीकृत नगर्न र विना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक तथा कर्मचारीहरुलाई कारवाही गर्न देशभरीका अस्पताल प्रशासनलाई निर्देशन दिएको छ ।

≪ Previous Post

२०७६ साल चैत २६ गते बुधवारको राशिफल

Next Post ≫

कोरोना राहत कोषमा सहयोग गर्न प्याब्सनको तयारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क