Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बिपन्नहरुलाई राहत बाँड्दै नवज्योति क्लब
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बिपन्नहरुलाई राहत बाँड्दै नवज्योति क्लब

संसारपोस्ट संवाददाता · २५ चैत्र २०७६ · 0
बिपन्नहरुलाई राहत बाँड्दै नवज्योति क्लब
50
SHARES
ShareTweet


तिलोत्तमा, २५ चैत । लकडाउनका कारण रोजी रोटी गुमेका तिलोत्तमा नगरपालिका वडा नं. १ र २ नं. वडाका विपन्न परिवारलाई नवज्योति क्लवले राहत वितरण गरेको छ । क्लवले दुई दिनमा २१० विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरी उनीहरुको चुलो बाल्ने काम गरेको छ । क्लवले गरेको सहयोगवाट विपन्न परिवारले केही राहतको महशुस गरेका छन् ।
चैत २४ गते तिलोत्तमा २ का ११७ विपन्न परिवारलाई राहत वितरण गरेको क्लवले २५ गते तिलोत्तमा १ का ९१ प्रिवारलाई राहत बितरण गरेको हो । तिलोत्तमा नगरपालिकाको समन्वयमा स्थानीय तथा घर बहालमा बसेका बिपन्न परिवारहरुलाई १० किलो चामल, २ किलो दाल, आधा लिटर तेल र १ पोका नुन राहत स्वरुप वितरण गरेको हो । दुवै वडाका प्रत्येक घरमा पुगेर दैनिक ज्यालादारी गर्ने विपन्न र घर वहालमा बस्नेहरुको लगत संकलन गरी राहत वितरण गरिएको क्लवका अध्यक्ष दिपेश कँडेलले जानकारी दिनुभयो ।
तिलोत्तमा नगरपालिका वडा नं. २ का वडाअध्यक्ष दधिराम गौतम, क्लवका सल्लाहकार सुमन कंडेल, कार्यक्रम संयोजक इश्वरी भण्डारी, पुर्ब अध्यक्ष चन्द्रकान्त पाण्डे, सामाजिक अभियन्ता बिदुर तुफान, संचालक सागर भट्टराई लगायत क्लबका पदाधिकारी तथा सदस्यहरुले समय र सामाजिक दुरी कायम गरी राहत वितरण गर्नुभएको अध्यक्ष कँडेलले बताउनुभयो ।
क्लबले तिलोत्तमा वडा न.१ का बाटिका टोल बिकास संस्थाका १७, शान्तिमार्ग टोल बिकास संस्थाका ६, नयाँ चप्परहट्टी टोल बिकास संस्थाका २, नवदुर्गा टोल बिकास संस्थाका ३, वुद्द टोल बिकास संस्थाका ९, न्यु लाईट टोल बिकास संस्थाका २, सरस्वति टोल बिकास संस्थाका ९, कपिल टोल बिकास संस्थाका १०, नमुना टोल बिकास संस्थाका २, शिवचोक टोल बिकास संस्थाका ८, प्रगति टोल बिकास संस्थाका २, देविस्थान टोल बिकास संस्थाका ४, मिलन टोल बिकास संस्थाका ३, कालिका टोल बिकास संस्थाका ५ र अमूल्य नगर टोल बिकास संस्थाका ९ परिवार गरि ९१ परिवारलाइ राहत वितरण गरिएको हो ।
सोमबार र मंगलबार गरि क्लबले २१० भन्दा बढी विपन्न परिवारलाई राहत प्रदान गरेको छ । क्लबले विशेषगरी तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ र २ मा समस्यामा परेका परिवार, बिद्यार्थी, मजदुर तथा राहत लिन छुटेका र नाम टिपाएका बिपन्न परिवारलाई संकलित राहत पुनः वितरण गरिने अध्यक्ष कँडेलले बताउनुभयो ।

≪ Previous Post

पीडा, असुरक्षा संगै सेवामा एम्बुलेन्स चालकहरु

Next Post ≫

राहत कोषमा भलाई कोषको एकलाख ५१ हजार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क