Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अलपत्र नेपालीलाई स्वदेश आउने वातावरण मिलाउ : काँग्रेस
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अलपत्र नेपालीलाई स्वदेश आउने वातावरण मिलाउ : काँग्रेस

संसारपोस्ट संवाददाता · २० चैत्र २०७६ · 0
अलपत्र नेपालीलाई स्वदेश आउने वातावरण मिलाउ : काँग्रेस
80
SHARES
ShareTweet

उद्धार गरिएका नेपालीलाई खाने बस्ने ब्यवस्था काँग्रेसले गर्छ



बुटवल, २० चैत । नेपाली काँग्रेस रुपन्देहीले भारतीय सिमानाकाहरुमा नेपाली नागरिक अलपत्र परेको विषयमा गंंभिर ध्यानाकर्षण भएको जनाएको छ । रेमिट्यान्सको माध्यमबाट देशको अर्थतन्त्र धानेका र आफ्नै देशमा आएर क्वारेण्टाइनमा बस्न तयार भएका सिमानाकामा अलपत्र नेपालीहरुलाई स्वदेशमा आउने वातावरण मिलाउन नेपाली काँग्रेस रुपन्देहीले सरकार संग माग गरेको छ ।
स्वास्थ्य संवेदनशीलतालाई बुझेर कतिपय ब्यवहारिक कठिनाईलाई भारतीय पक्षसंग संवाद गरी समस्याको समाधान गर्न सकिने र सिमावाट उद्धार गरिएका नेपालीहरुलाई सरकारले स्वास्थ्य परिक्षण गरेर दिए उनीहरुलाई खाने वस्ने ब्यवस्था नेपाली काँग्रेसले गर्ने पार्टी सभापति अब्दुल रज्जाक र सचिव रामकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सीमानाकामा अलपत्र परेका सबैलाई राख्न समस्या भए उनीहरुलाई राख्न नेपाली काँग्रेसको पार्टी कार्यालय दिन तयार रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाली काँग्रेसले दशगजा क्षेत्रमा आएर अलाप गरिरहेका नेपालीहरुलाई नेपालमै राखेर उनीहरुको स्वास्थ्य परिक्षण देखि खानपानको ब्यवस्थापनमा काँग्रेस रुपन्देहीले पटक पटक जोड दिदै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


त्यस्तै नेपाली काँग्रेसले बुटवल कोरोना अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको मृत्युबारे सत्यतथ्य छानबिन र परिवारजनलाइ क्षतिपूर्तिको ब्यवस्था गर्न सरकारसंग माग समेत गरेको छ ।
यसैगरी नेपाली काँग्रेसका क्षेत्रिय सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे, नेपाल तरुण दलका सचिव रमेश शाही लगायतले अलग अलग विज्ञप्ति जारी गरी सिमानाकामा रोकिएका नेपालीहरुलाइ स्वदेश फर्काउन र कोरोना अस्पताल बुटवलमा मृत्यु भएका बाबुराम थापाको परिवारलाइ उचित क्षतिपूर्ति दिन सरकारसंग माग गर्नुभएको छ ।

सर्वपक्षिय स्वतन्त्र छानविन समिति गठन गर : काँग्रेस सांसद



यस्तै नेपाली काँग्रेसवाट प्रदेश ५ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुले बुटवलको धागो कारखानामा सञ्चालनमा ल्याइएको ‘कोरोना बिशेष’ अस्थायी अस्पतालको आइसोलेशन वार्डमा चैत १३ गते भर्ना भएका ३४ वर्षिय बाबुराम थापाको १६ गते भएको मृत्युको घटनाले दुःखित तुल्याएको जनाएका छन् ।
प्रदेशसभा सदस्य रमा अर्याल र फकरुद्धिन खानले ५ नं. प्रदेशका मुख्यमन्त्रीलाई पत्र लेखि ज्वरो आएर उक्त अस्पतालमा भर्ना भएका थापाको सहि तरिकाले राम्रो उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको भनेर मृतककी पत्नी रिता थापा र स्वास्थ्य क्षेत्रका जानकारहरु स्वयमले बताइरहेको कुरा कसै सामु नछिपेको उल्लेख गर्नुभएको छ ।
अस्पतालमा हुनुपर्ने आधारभूत सुविधाहरु विनै आइसोलेशन वार्ड सञ्चालन गरिनु, विरामी भर्ना लिनु, १३ गते भर्ना भएका विरामीको ४ दिनसम्म स्वास्थ्य परिक्षण गर्न नपठाउनु जस्ता कुराले अस्पताल र चिकित्सकको गम्भिर लापरवाही देखिएको पत्रमा उल्लेख छ ।
मृतककी पत्नीले उपचारमा अस्पतालको लापरवाहीले आफ्नो पतिको ज्यान गएको दावी सहित निष्पक्ष छानविन, दोषीलाई कारवाही र राहतको ग्यारेण्टी नभएसम्म शव नउठाउने अडान लिएकी, मृतकको परिवारको आर्थिक अवस्था समेत नाजुक रहेको, दुई नावालक छोराको पालन पोषण र शिक्षा दिक्षाको समेत कुनै आधार नदेखिएकाले एक सर्वपक्षिय स्वतन्त्र छानविन समिति गठन गरी सत्यतथ्य वाहिर ल्याउन र मृतकको शव उठ्ने वातावरण अविलम्व वनाउन प्रदेश सरकारसंग माग गर्दछौं भनिएको छ ।
पत्रमा कोरोना भाइरस संक्रमणको जोखिमका कारण देश लकडाउन रहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र पार्टीका सांसदहरु सरकारसंग समन्वय र सहकार्य गर्न तयार रहेको र यस्तो विषम परिस्थितिमा प्रमुख प्रतिपक्षी दल लगायत प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलसंग हातमालो गरेर अघि बढ्न विज्ञप्ति मार्फत प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

≪ Previous Post

कालीगण्डकीमा डुङ्गा दुर्घटना : एक जना वेपत्ता

Next Post ≫

पाचौं दिन पनि उठेन कोरोना अस्पतालमा मृत्यु भएका थापाको शब

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क