रामकुमार श्रेष्ठ
नवलपरासी, २० चैत । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ स्थित कालीगण्डकी नदीमा डुङ्गा दुर्घटना हुँदा १ जना वेपत्ता भएका छन् ।
डुङ्गा चालक सहित ५ जना सवार डुङ्गा एक्कासी पल्टिएर दुर्घटना भई नदीमा डुवेपछि १ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी गराउनु भयो । बुधबार साँझ डुङ्गा नदीमा डुबेको हो । नदीमा डुबेर नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिका ३ बस्ने ११ बर्षीया ईशारा दरै वेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
तनहुँको रिसिङबाट काठको डुङ्गामा नदी पार गर्ने क्रममा डुङ्गा नदीमा डुबेको हो । डुङ्गा चालक तनहुँको शिरकोट गाउँपालिका ४ बस्ने २० बर्षिया महोरपा मगर फरार रहेका छन् ।
डुङ्गामा सवार अन्य ३ जना नवलपरासीको बुलिङटार गाउँपालिका ३ बस्ने १२ बर्षका पूर्णिमा दरै, १३ बर्षीय नम्रता दरै र ११ बर्षीय सिमा दरैलाई भने प्रहरीले सकुशल उद्दार गरेको छ ।