Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पाचौं दिन पनि उठेन कोरोना अस्पतालमा मृत्यु भएका थापाको शब
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाचौं दिन पनि उठेन कोरोना अस्पतालमा मृत्यु भएका थापाको शब

संसारपोस्ट संवाददाता · २० चैत्र २०७६ · 0
पाचौं दिन पनि उठेन कोरोना अस्पतालमा मृत्यु भएका थापाको शब
100
SHARES
ShareTweet


बुटवल, २० चैत, बुटवल । बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा भएको ३४ वर्षिय बाबुराम थापाको मृत्यु प्रकरण बल्झिने देखिएको छ । उपचारमा अस्पतालको लापरवाहीका कारण पतिको मृत्यु भएको भन्दै पत्नी रिता थापाले न्याय नपाउंदासम्म शब नबुझ्ने अडान लिएकी छन् । बाबुरामको शब पाँच दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमै छ ।
यसबीचमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न संघसंस्थाले थापाको उपचार प्रकृयाको स्वतन्त्र र सर्वपक्षीय समितिमार्फत छानवीन गर्न र पीडित परिवारलाई उचित राहत दिन माग गरेका छन् ।
समाजवादी पार्टी प्रदेश ५ समितिले ‘कोरोना विशेष’ नामाकरण गरिएको अस्पतालमा आवश्यक उपचार सामग्रीको उचित व्यवस्था नहुंदा विरामीले राम्ररी उपचार नपाई ज्यान गुमाउनुपरेको भन्दै यसमा सरकारको लापरवाही भएको ठहर गरेको छ । पार्टीका प्रदेश अध्यक्ष अशोक यादवले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना रोकथामका लागि १२ वटै जिल्लाको सूचना संकलन,विश्लेषण र रणनीति बनाउन, अनुगमन गर्न, व्यवस्थापनमा देखिएको फितलोपन अन्त्य गर्न, खर्च व्यवस्थापन पारदर्शी बनाउन सर्वपक्षीय प्रदेशस्तरीय समिति बनाउन माग गर्नुभएको छ । समाजवादी पार्टीले कोभिड–१९ को संभावित जोखिमको अवस्थामा उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीका लागि ५० लाखको वीमा र तलब स्केल बराबरको भत्ताको व्यवस्था सहित प्याकेज ल्याउन पनि प्रदेश सरकारसंग माग गरेको छ ।
नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले पनि थापाको मृत्युमा अस्पताल र चिकित्सकको लापरवाही देखिएको भन्दै निष्पक्ष छानवीन गरी दोषीलाई कारवाही, पीडित पक्षलाई उचित राहतको व्यवस्था गर्न माग गरेको छ । नगर सभापति खेलराज पाण्डेले बिहीबार विज्ञप्तिमार्फत यस्तो माग गर्नुभएको हो । उहांले लकडाउनको मारमा परेकालाई राहत वितरण एकलौटी नगरी सर्वदलीय र सर्वपक्षीय समितिमार्फत गर्न, स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउन र मनोबल उच्च राख्न सहयोग गर्न तथा एम्बुलेन्स चालकलाई पनि स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाई सेवामा अवरोध आउन नदिन प्रदेश र स्थानीय सरकारहरुको गम्भीर ध्यान जानुपर्ने माग गर्नुभएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगर समिति अध्यक्ष निरजप्रताप खांणले पनि कोरोना अस्पतालमा लापरवाहीको कारण ज्वरोका विरामी थापाको मृत्यु हुन गएको भन्दै निष्पक्ष छानवीन गरी दोषीलाई कारवाही र पीडितलाई राहत दिन माग गर्नुभएको छ । यस अघि क्षत्री युवा समाज प्रदेश ५ ले पनि थापाको मृत्युमा अस्पतालको लापरवाही भन्दै पीडित पक्षको माग सम्बोधन गर्न सरकारसंग माग गरेको थियो । ज्वरोको समस्याका कारण चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका पाल्पा रिब्दिकोट ५ कुसुमखोला घर भई सैनामैना–४ मा बस्दै आएका थापालाई धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पताल मातहत सञ्चालित अस्पतालमा भर्ना भएको चौथो दिन थापाको चैत १६ गते मृत्यु भएको थियो । उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि काठमाडौ पठाइएको र दोस्रो दिन मात्रै नेगेटिभ रिपोर्ट आएको थियो । थापाको मृत्युपछि अस्पतालको लापरवाही भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

≪ Previous Post

अलपत्र नेपालीलाई स्वदेश आउने वातावरण मिलाउ : काँग्रेस

Next Post ≫

२०७६ साल चैत २१ ग्ते शुक्रवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क