Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट कोरोना ‘नेगेटिभ’
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट कोरोना ‘नेगेटिभ’

संसारपोस्ट संवाददाता · १७ चैत्र २०७६ · 0
बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट कोरोना ‘नेगेटिभ’
90
SHARES
ShareTweet


बुटवल, १७ चैत । बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा मृत्यु भएका ३४ वर्षिय युवकको स्वाब परीक्षण नतिजा कोरोना ‘नेगेटिभ’ आएको छ । पहिलो परिक्षणको टेष्टमा नेगेटिभ रिपोर्ट आएपछि उनको स्वाव पुन दोस्रो पटक परिक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको दोश्रोे टेष्टमा पनि उनमा कोरोना नेगेटिभ देखिएको हो । मृतक बिरामी अवस्थामा उच्च शंकास्पद भएकाले दोस्रो पटक स्वाव परिक्षण गरिएको थियो ।
बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका ती युवकको आइतबार मृत्यु भएको थियो ।
उनी यही चैत ६ गते दुबईबाट काठमाडौं आएका थिए । काठमाडौंबाट बस चढेर चैत ७ गते उनी रुपन्देहीको सैनामैना ४ सिसौडांडामा रहेका परिवारको सम्पर्कमा आएका थिए । घर फर्केको केही दिनपछि ज्वरो आउन थालेपछि उनलाई घर नजिकैको मेडिकलमा लगिएको थियो । मेडिकलको औषधि खाँदासमेत निको नभएपछि उनलाई छिमेकीले मुर्गियाको पर्रोहा स्वास्थ्यचौकीमा लगेका थिए । स्वास्थ्य चौकीले उनमा कोरोना संक्रमणको लक्षण देखापरेको भन्दै कोरोना विशेष अस्पताल बुटवल लैजान सुझाव दिएको थियो । स्वास्थ्य चौकीको सुझाव अनुसार उनी चैत १३ गते बुटवल आएका थिए ।
चैत १३ गतेदेखि कोरोना अस्पतालको आइसोलेशनमा रहेका उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि आइसीयूमा राख्ने तयारी हुँदैगर्दा उनको आइतबार दिउँसो मृत्यु भएको हो ।
तर मृत्यु पछि आएको उनको स्वाव परिक्षण रिपोर्टमा कोरोना नेगेटिभ देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट राजेन्द्र खनालले बताउनुभयो । मृतकको स्वावको पहिलो परिक्षणमा कोरोना नेगेटिभ देखिएपछि दोश्रो परिक्षण गरिएकोमा दोश्रो रिपोर्टमा पनि कोरोना नेगेटिभ देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु खनालले बताउनुभयो ।


यसअघि नेपालमा ५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपनि एकजना उपचारपछि निको भएर घर फर्किईसकेका छन् भने चारजना विभिन्न कोरोना विशेष अस्तालमा उपचाररत रहेका छन् ।

≪ Previous Post

सुनचाँदी व्यवसायीले दिए २ हजार मास्क

Next Post ≫

कोरोना रोकथाममा प्रदेश पाँच : क्वारेन्टाइनमा जोड, अस्पतालको क्षमता विस्तारमा कमजोरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क