Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको प्रकोप व्यवस्थापन कोषमा होराइजनद्वारा १ लाख १ हजार सहयोग
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाको प्रकोप व्यवस्थापन कोषमा होराइजनद्वारा १ लाख १ हजार सहयोग

संसारपोस्ट संवाददाता · १६ चैत्र २०७६ · 0
तिलोत्तमाको प्रकोप व्यवस्थापन कोषमा होराइजनद्वारा १ लाख १ हजार सहयोग
100
SHARES
ShareTweet


तिलोत्तमा, १६ चैत । तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा होराईजन गौतमबुद्ध माबिले १ लाख १ हजार आर्थिक सहयोग गरेको छ ।
राष्ट्रिय विपदका बेला आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर आर्थिक सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले बताउनुुभयो । उहाँले कोषमा जम्मा भएको रकम पारदर्शी रुपमा समयमै लक्षित बर्ग सम्म पुर्याउन पनि आग्रह गर्नुभयो ।
त्यस्तै विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले यस्तो संकटका बेला आआफ्नो ठाउंबाट सक्दो सहयोग गरेर प्रकोप ब्यावस्थापनमा स्थानीय सरकारसंग हातेमालो गर्न सबैलाई आग्रह गर्नुभयो ।
नगरपालिकाको आह्वानसँगै सो कोषमा बिभिन्न व्यक्ति, संघ—संस्था, विद्यालय तथा सहकारीले सहयोग गरेकाछन् । कोषमा अहिले १ कारोड बढि रकम जम्मा भईसकेको नगरपालिकाले जनाएको छ ।
कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसँग जुध्न सहयोग मिल्ने नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । प्रकोप जुनसुकै बेलापनि आउन सक्ने भएकाले त्यसको पूर्व तयारीकालागि कोषलाई मजबुद बनाउने गरी सहयोग गर्न इच्छुकलाई आग्रह गरिएको उहाँले प्रष्ट पार्नुभयो ।
कोरोना संक्रमणको जोखिम पूर्व तयारीमा जुटेको तिलोत्तमाले वडा नं. १ स्थित शँकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेको छ । जहाँअहिले २७ जना बसेका छन् ।
यस्तै तिलोत्तमाले लकडाउनबाट दैनिक मजदुरी गरेर छाकटार्न समस्या भएका प्रति परिवारलाई पहिलो चरणमा १० किलो चामल, २ किलो दाल र १ किलो नुन समेत वितरण गरिरहेको छ ।

≪ Previous Post

स्वास्थ्य सामाग्री तत्काल उपलब्ध गराउन काँग्रेसद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

Next Post ≫

लकडाउनको अवधि चैत २५ गते सम्मलाई थप

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क