वुटवल, ९ चैत । रुपन्देही सुनचाँदी व्यवसायी संघले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न आफ्नो व्यवसाय बन्द गर्न आग्रह गरेको छ ।
संघका अध्यक्ष एमवि विश्वकर्माले आईतबार एक प्रेस वक्तव्य जारी गरि सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय समितिले समेत सरकारको निर्णयलाई समर्थन गरेकाले आईतबारदेखि नै व्यवसाय बन्द गरेर सुरक्षित हुन अपिल गर्नुभएको छ । ‘सुनचाँदी व्यवसायीहरुलाई आ आफ्नो व्यवसायिक प्रतिष्ठान बन्द गरि सुरक्षित हुन अनुरोध गरिन्छ’ संघद्वारा जारी वक्तव्यमा भनिएको छ । सुनचाँदी संवेदनशिल व्यवसाय भएकाले हाललाई व्यवसायिक र स्वास्थ्यको दृष्टिकोणले सुरक्षा सतर्कता अपनाउनुपर्ने भन्दै व्यवसाय बन्द गर्ने निर्णय गरिएको अध्यक्ष विश्वकर्माले बताउनु भयो । उहांका अनुसार रुपन्देहीमा ५ सय सुनचाँदी व्यवसायी छन् ।
नेपाल भारत खुल्ला सीमाका कारण अहिले सचेत नभएमा संक्रमण फैलिन सक्ने औल्याउदै विज्ञप्तिमा स्वास्थ्य उपचारको लागि आवश्यक सामाग्रीको उचित व्यबस्थापनमा ध्यान दिन समेत संघले सम्वन्धित पक्षलाई अपिल गरेको छ ।
