Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बौद्ध विश्वविद्यालय प्राध्यापक संगठनमा सल्लाहकार चयन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बौद्ध विश्वविद्यालय प्राध्यापक संगठनमा सल्लाहकार चयन

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७६ · 0
बौद्ध विश्वविद्यालय प्राध्यापक संगठनमा सल्लाहकार चयन
60
SHARES
ShareTweet


भैरहवा, ९ चैत । लुम्बिनी बौद्ध विश्वविद्यालयमा गठित नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय कमिटीले सल्लाहकार चयन गरेको छ । शनिबार बसेको संगठनको पहिलो बैठकले तीन सदस्यीय सल्लाहकार समिति चयन गरेको हो ।
संगठनका अध्यक्ष बलबहादुर पाण्डेको अध्यक्षतामा भएको बैठकले सल्लाहकारमा पुरातत्वविद् बसन्त बिडारी, लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्व क्याम्पस प्रमुख इन्द्र काफ्ले र अध्यापक गुणाखर गैरेलाई सल्लाहकारमा चयन गर्ने निर्णय गरेको हो ।
बैठकले विश्वविद्यालयमा नवनियुक्त रजिष्ट्रार डा. तिलकराम आचार्यलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ । त्यस्तै विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि सजग र सचेत रहन आग्रह समेत गरेको छ । बैठकले विश्वविद्यालयको विकासका लागि गर्नुपर्ने काम र अध्यापनरत शिक्षकहरुको समस्याहरु सुत्रबद्ध गर्नका लागि कार्यदल गठन गरेको छ ।
संगठनका उपाध्यक्ष दयाराम गौतमको संयोजकत्वमा बनेको कार्यदलमा मेघनाथ खनाल, केशवराज अर्याल, चुरामणि पोखरेल र कमल मरासिनी सदस्य रहनुभएको छ । कार्यदलले अध्यापनरत आंशिक, करार शिक्षकका समस्या समाधान र विश्वविद्यालयका शैक्षिक एवं भौतिक विकासका लागि गर्नुपर्ने कामको सूचिसहितको प्रतिवेदन बनाउनेछ । त्यो प्रतिवेदन सुझावका रुपमा विश्वविद्यालयमा पेश गरिने अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
बौद्ध विश्वविद्यालयमा अध्यापनरत शिक्षकहरुको भेलाले गठन गरेको संगठन १३ सदस्यीय रहेको छ । अध्यक्षमा बलबहादुर पाण्डे, उपाध्यक्षमा दयाराम गौतम र कुमार खड्का, सचिवमा दामोदर घिमिरे, सहसचिवमा मेघनाथ खनाल र केशवराज अर्याल, कोषध्यक्षमा अन्जु खनाल रहनुभएको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा मोहनलाल भण्डारी, चुरामणि पोखरेल, राजिवजंग शाह, कमल मरासिनी, शंकर गौतम र कृष्णबहादुर कार्की रहनुभएको छ ।

≪ Previous Post

समितिद्धारा एकलाख राहत रकम स्व.गुरुङको परिवारलाई प्रदान

Next Post ≫

रुपन्देहीका सुनचाँदी पसल बन्द

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क