Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ समुदायको सुरक्षाको लागि सबै सचेत हुनु पर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समुदायको सुरक्षाको लागि सबै सचेत हुनु पर्ने

संसारपोस्ट संवाददाता · ८ चैत्र २०७६ · 0
समुदायको सुरक्षाको लागि सबै सचेत हुनु पर्ने
70
SHARES
ShareTweet

कमल चौधरी

कपिलवस्तु, ८ चैत । समुदायको स्वास्थ्य तथा सुरक्षाको लागि सबै सरोकारवाला सचेत र सजग हुनुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले वताएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ८ को कार्यालयमा शुक्रबार अयोजित सामुदायिक स्तरको अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाहरुले व्यक्तिगत तथा समुदायिक स्वास्थ्य र सुरक्षाका लागि आफै सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल र ग्लोबल फेयरनेश ईनिसियटिभको सहकार्यमा संचालित बेटर व्रिक नेपाल परियोजना अन्तर्गत भएको समुदायिक स्तरको अन्तरक्रिया कार्यक्रममा बुद्धभूमि नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष कपिलदेव तिवारीले अहिले विश्व नै कोरोनो (कोभिड—१९)भाईरसको कारण संकट अवस्थामा रहेको बताउनु भयो । उहांले वद्धभूमि नगरपालिका र वडा नं. ८ को कार्यालयले नोभल कोरोना भाइरसका लक्षणहरु र यसबाट सुरक्षित हुने उपायहरुबारे सचेतना मुलक सूचना तथा जनचेतनामुलक कार्यक्रम गर्दै आएको जनकारी दिनुभयो । वडा अध्यक्ष तिवारीले ईट्टा उद्योगमा नेपाली तथा भारतीय मजदुरहरुको सझ कार्य स्थल भएको हुँदा भारतीय मदजुरहरुलाई केही समयको लागी आवज जावतमा रोक लगाउने समेत बताउँनुभयो । त्यस्तै उहांले विदेशबाट आउने नेपालीहरुको सूचना संकलन गरी उनीहरुलाई निगरानी गर्दै जाने जानकारी समेत दिनुभयो ।


हरिहरपुर स्वास्थ्य केन्द्रका प्रमुख कमल ज्ञवालीले सरकारले स्वास्थ्यमा प्रयाप्त लगानी गर्न जारुरी रहेको बताउनुभयो । भौतिक संरचना निर्माण कार्यमा मात्र सरकारको ध्यान केन्द्रीत रहेको भन्दै प्रमुख ज्ञवालीले अब स्वास्थ्य क्षेत्रमा प्रयाप्त लगानी गर्न आवश्यक रहेको बनताउनुभयो । उहांले कोरोना भाइरस मात्र नभएर अन्य विभिन्न किसिमका रोगबाट बच्नको लागि आम समुदाय सचेत र सजग हुन जरुरी रहेको वताउनुभयो ।
बेटर व्रिक नेपाल परियोजनाले बालबालिकाको क्षेत्रमा धेरै राम्रो कार्य गर्दै आएको उल्लेख गर्दै उहांले उत्पीडित समुदाय र विशेषगरी ईट्टा उद्योगमा कार्यरत मजदुरहरुको स्वास्थ्य सम्बन्धी विभिन्न किसिमको कार्यक्रम गर्दै आएको र उद्योगमा कार्यरत मदजुरका छोरा छोरीलाई पोलियो, दादुरा, रुवेला लगायतका खोपहरु प्रमुख प्रथामिकताका साथ दिने गरेको बताउनुभयो ।
बुद्धभूमि नगरपालिका– ८ कोटिया डाँडा माविका प्राचार्य गोकर्णराज पोख्रेलले सबै नागरिकले आफ्नो सरसफाईमा विशेष ध्यान दिन जरुरी रहेको बताउदै ईट्टा उद्योगले बाटोघाटोको अवस्था विग्रिने र धेरै धुलोहरु उड्ने हुँदा स्थानीय समुदायको स्वास्थ्यमा असर नपर्ने गरी काम गर्न उद्योगीहरुलाई आग्रह गर्नुभयो । बेटर व्रिक नेपाल परियोजना मार्फत संचालित प्रारम्भिक बालविकास कक्षा सवै ईट्टा उद्योगहरुमा संचालन हुन जरुरी रहेको उहांले बताउनुभयो । उहांले उद्योगमा पढ्ने बालबालिकाको खाजा व्यवस्थापनको लागी एम.आई.एस गर्ने र नगरपालिकाबाट पनि मजदुरका बालबालिकाको खाजाको व्यवस्था हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सेभेन स्टार ईट्टा उद्योगका उद्योगी कृष्ण पोख्रेलले स्थानीय समुदाय, मजदुर र तिनका बालबालिकाको स्वास्थ्य तथा सुरक्षाको लागि आफुहरु सचेत र सजग रहेको वताउनु भयो । पछिल्लो समय विश्वमा नै माहामारीको रुपमा रहेको कोरोना भाइरसबाट आफु बँच्न र अरुलाई बचाउनका लागि विभिन्न सुरक्षाका उपायहरु अपनाईरहेको र भारतीय मजदुरलाई केही समयको लागि उद्योगमा आवत जावतमा रोक लगाएको उहांले जानकारी गराउनु भयो । ईट्टा उद्योगको रुपान्तरण गर्न आफूहरु तयार रहेको र स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा, संघसंस्थाहरुको सहकार्यमा नै उद्योगमा बालबालिकालाई काममा नलगाई उनीहरुको स्वास्थ्य तथा सुरक्षामा ध्यान दिदै आएको उहांले वताउनु भयो ।
कार्यक्रममा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्यालले कामदार मैत्री उद्योग एवंम् उद्योग मैत्री स्थानीय शासन हुन जरुरी रहेको बताउनुभयो । उहाँले बेटर व्रिक नेपाल परियोजनाको बारेमा प्रकाश पर्दै यस परियोजनाले ईट्टा उद्योगको समग्र रुपान्तरण गर्न, व्यवसायिक तथा सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उद्योगमा बालश्रम गर्न नहुने, कुनै पनि मजदुरलाई बाध्यकारी ईच्छा विपरित काममा लगाउन नहुने, मजदुरको उचित पारिश्रमिक हुनुपर्ने, कार्यस्थल सुरक्षा र स्वास्थ्यको उचित व्यवस्था हुनुपर्ने र अमानविय व्यवहार गर्न नहुने लगायतका बेटर व्रिक नेपालका ५ वटा मापडण्डहरुको बारेमा उहांले जानकारी गराउनु भयो ।


कार्यक्रममा बुद्धभूमि नगरपालिकाका वडा सविच प्रकाश गौतम, निमडाँडा मा.विका प्राचार्य जगन्नाथ चौधरी, नेपाल राष्ट्रिय अधारभुत प्रा.विका प्रचार्य शेखर पन्थी, निमडाँडा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद चौधरी, बुद्ध ईट्टा उद्योगका उद्योगी विनोद पन्त लगायत स्थानीय समाजसेवी बुद्धिजिवी, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, बाल क्लब तथा टोलविकास संस्थाका प्रतिनिधिहरुले आआफ्ना धारणा राखेका थिए । कार्यक्रम बुद्धभूमि नगरपालिका वडा नं. ८ वडा अध्यक्ष कपिलदेव तिवारीको अध्यक्षता तथा कमल चौधरीको संचालनमा भएको थियो ।

≪ Previous Post

कोईरालाको स्मृतिमा बुटवलमा मास्क वितरण

Next Post ≫

तिलोत्तमा नगरपालिकालद्धारा २४घण्टा सेवा दिनेगरि टोल फ्रि नम्बर संचालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क