Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोईरालाको स्मृतिमा बुटवलमा मास्क वितरण
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोईरालाको स्मृतिमा बुटवलमा मास्क वितरण

संसारपोस्ट संवाददाता · ८ चैत्र २०७६ · 0
कोईरालाको स्मृतिमा बुटवलमा मास्क वितरण
50
SHARES
ShareTweet

उच्च सावधानी अपनाउन काँग्रेस नेता भण्डारीको आग्रह



बुटवल, ८ चैत । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) विरुद्ध जनचेतना जगाउनकालागि गिरिजाप्रसाद कोईराला फाउण्डेशनले मास्क वितरण गरेको छ ।
गिरिजाप्रसाद कोईराला फाउण्डेशन (फर डेमोक्रेसी, पिस एण्ड डेभलपमेन्ट) जिल्ला कार्यसमिति रुपन्देहीले बुटवलमा कोरोना भाईरस (कोडिभ–१९) संक्रमण भित्रिन नदिनकालागि जनचेतना जगाउने उद्देश्यले मास्क वितरण गरिएको संस्थाका रुपन्देही जिल्ला अध्यक्ष चिरञ्जिवी पौडेलले जानकारी गराउनु भयो ।
स्वर्गीय गिरिजाप्रसाद कोईरालाको १० औं स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा १ हजार थान मास्क वितरण गरिएको थियो भने सेनिटाईजर (किटाणु नष्ट गर्ने केमिकल) प्रयोग गर्न समेत सिकाईएको थियो ।
सो अवसरमा मास्क वितरण गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले छिमेकी मुलुक चिनबाट फैलिएको कोरोना भाईरस अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएकाले यसबाट बँच्नकालागि सचेत रहन सबैलाई आग्रह गर्नुभयो । उहाँले पार्टीका गतिबिधि समेत सबै स्थगित भएकाले सबैलाई सुरक्षित रुपमा घरभित्र रहन समेत आग्रह गर्नुभयो ।


कार्यक्रममा प्रतिष्ठान प्रदेश ५ का अध्यक्ष डा. गोबिन्द पोखरेल, महासचिव खेलराज पाण्डे, नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, काँग्रेस नेताहरु चित्र केसी, वालकुमारी भण्डारी लगायतले बोल्नु भएको थियो । संस्थाले कोरोना विरुद्धका अन्य रचनात्मक कार्यक्रमहरु समेत गर्ने जनाएको छ ।

≪ Previous Post

२०७६ साल चैत ८ गते शनिवारको राशिफल

Next Post ≫

समुदायको सुरक्षाको लागि सबै सचेत हुनु पर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क