Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको घोडाहामा भएको दुर्घटनामा महिलाको मृत्यु, चाकल गम्भिर
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको घोडाहामा भएको दुर्घटनामा महिलाको मृत्यु, चाकल गम्भिर

संसारपोस्ट संवाददाता · २ चैत्र २०७६ · 0
रुपन्देहीको घोडाहामा भएको दुर्घटनामा महिलाको मृत्यु, चाकल गम्भिर
80
SHARES
ShareTweet

बुटवल २ चैत
पूर्व पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको देवदह स्थित घोडाहामा दुईवटा टिप्पर आपसमा ठोक्किदा टिप्परमा सवार महिलाको उपचारका क्रममा मृत्यु भएकाने छ । टिप्परका चालक गम्भिर घाईते भएका छन् । बुटवलबाट सुनवलतर्फ जाँदै गरेको लु २ ख १२१८ नम्बरको टिप्पर र बुटवल तर्फ आउँदै गरेको लु १ ख २५८४ नम्बरको टिप्पर शनिबार दिउँसो २ बजेको समयमा आपसमा ठोक्किएका थिए । टिप्परमा सवार ३५ वर्षीय सुनिता चौधरी को उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ् ।
सुनवल तर्फ जाँदै गरेको लु २ ख १२१८ नम्बरको टिप्परको अंगाडीको टायर पन्चर भएर अनियन्त्रित भएपछि विपरित दिशा तर्फ जाँदै गरेको लु १ ख २५८४ नम्बरको टिप्परमा ठोक्किएको थियो । दुर्घटनामा परि लु १ ख २५८४ नम्बरको टिप्परका चालक लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १० का ३७ वर्षीय कमलेश यादव गम्भिर घाईते भएका छन् । चालकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।
दुई टिप्पर आपसमा ठोक्किदा आगो लागेको थियो । दुई टिप्पर आपसमा ठोक्किएपछि पछाडी बुटवल तर्फ आउँदै गरेको बा २० च ५५१६ नम्बरको कार समेत ठोक्किएको थियो । कारमा सामान्य क्षती भएपनि मानवीय क्षती नभएको प्रहरीले जनाएको छ । दुर्घटनापछि टिप्परमा आगलागी भएको र दमकलको सहायताले आगो नियन्त्रणमा लिईएको थियो भने जेसीबिको सहायताले दुर्घटनाग्रस्त टिप्परलाई सडकबाट हटाएर करिव दुई घण्टा अवरुद्ध पूर्वपश्चिम राजमार्ग सााँझ ४ बजे सुचारु गराईएको प्रहरी नायव उपरिक्षक भट्टराईले जानकारी गराउनु भयो ।

≪ Previous Post

कोरोना संक्रमण, आंतकित र भ्रम छर्ने गतिविधि नगरौ :स्वास्थ्य विज्ञ

Next Post ≫

कोरोना बिरुद्ध पश्चिम नेपालको सचेतना, ढुक्कसंग यात्रा गराउन तापक्रम मापन अभियान शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क