भैरहवा, २३ असार । ढुवानी ब्यबसायलाई मुल्य अभिबृद्धिकर (भ्याट) तथा अनलाईन मार्फत निगरानी गर्ने गरी सरकारले बजेट मार्फत ल्याएको नीति अब्यबहारिक भएको भन्दै सो नीति नसच्याए ट्रक ब्यबसायीहरुले आउदो साउन १ गते देखि सवारी साधन घर ग्यारेजमा थन्काउन बाध्य हुने चेतावनी दिएका छन् ।
नेपाल ट्रक यातायात ब्यबसायी महासंघं प्रदेस नम्वर ५ को सोमवार भैरहवामा बसेको बैठकले ढुवानीमा भ्याट र अनलाईन प्रणाली मार्फतको निगरानी तुरुन्त सच्चाउन सरकारसंग माग समेत गरेका छन् । सरकारले लागु गर्न खोजेको उक्त प्रणालीले यातायत तथा ढुवानी ब्यबसायीनै चौपट हुने र ब्यबसाय सञ्चालन गर्न नसकिने निष्कर्ष निकाल्दै यसबिरुद्ध आन्दोलन गर्न पनि पछि नपर्ने निर्णय ब्यबसायीले गरेका छन् ।
महासघंका प्रदेस ५ सयोंजक यमप्रसाद पाण्डेले सरकारले ढुवानी र ट्रक ब्यबसाय क्षेत्रका समस्या बुझ्दै नबुझी एक पछि अर्को गरी अब्यबाहारिक नीति ल्याउंदा ब्यबसायीहरु समस्यामा पर्ने गरेको जिकिर गर्नुभयो । सरकारले ल्याएका हरेक नीतिमा ब्यबसायीले सहयोग गर्दै आउँदा पनि सरकार अनुदार हुदै जानुले सरकारको नियतमै शंका उत्पन्न हुने अवस्था समेत आएको उहांले बताउनुभयो । नेपाल ट्रक ब्यबसायी महांसंघंका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सरकारले एक तर्फी रुपमा ब्यबसायीलाई यो नीति लाद्न खोजे साउन एक गतेदेखि लोड बहिस्कार गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने चेतावनी दिनुभयो । अनलाईन प्रणाली मार्फतको निगरानी सकारात्मक भए पनि नेपालको हालको संरचना, उपलब्ध सूचना प्रविधि, दक्ष जनशक्ति अभाव र भौगोलिक अवस्थाका कारण पनि तत्काल लागु गर्न कठिन हुने उहांले बताउनुभयो । लुम्विनी ट्रक यातायात ब्यबसायी संघंका अध्यक्ष बिष्णुप्रसाद खरेलले सरकारले यथासिघ्र यातायात ब्यबसायीका समस्या सम्वोधन गर्नुपर्ने बताउदै ब्यबसायलाई धरापमा पार्ने काममा राज्य नलाग्न आग्रह गर्नुभयो ।
प्रदेस समितिलाई पुर्णता
यसैबिच सोमवारनै बसेको प्रदेस बैठकले प्रदेस समितिलाई पुर्णता दिएको छ । संयोंजक यमप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले लुम्विनी ट्रक यातायात ब्यबसायी सघंका अध्यक्ष बिष्णुप्रसाद खरेल, पश्चिमाञ्चल यातायात ब्यबसायी समितिका बरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की, बाणगंंगा यातायात ब्यबसायी समितिका अध्यक्ष बिष्णुप्रसाद न्यौपाने, राप्ती ट्रक संयुक्त यातायात ब्यबसायी समितिका अध्यक्ष यादव शाह, भेरी ट्रक समितिका अध्यक्ष किसन गुरुङलाई पदेन सदस्यमा मनोनित गरेको छ । त्यस्तै महासंघंका केन्द्रीय सदस्य लक्ष्मण क्षेत्री, बिरेन्द्र यादव, लक्ष्मण भुसाल र उमेस मजगैयालाई पनि पदेन सदस्यमा मनोनित गरिएको छ । राप्ती ट्रक संयुक्त यातायात ब्यबसायी समितिका सचिव खेमजंगं बस्नेत, पश्चिमाञ्चलका उपाध्यक्ष खिम बहादुर थापा नारायण, लुम्विनीका महासचिव रुमाखर गौतम, बाणगंगा यातायातका कमल बहादुर क्षेत्री र लुम्विनी साना तथा मझौला यातायात ब्यबसायीका दिनेस थापालाई सदस्यमा मनोनित गरिएको छ । त्यसैगरी समितिको सल्लाहकारमा पश्चिमाञ्चल यातायात ब्यबसायी समितिका महासचिव जित बहादुर भाट तथा प्रेस सल्लाहकारमा यमलाल भुसाल र श्यामशंकर पाण्डेलाई नियुक्त गरिएको छ ।
