Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ट्रक यातायात ब्यबसायी प्रदेस ५ को बैठक ढुवानी ब्यबसायीका समस्या सम्वोधन गर्न माग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ट्रक यातायात ब्यबसायी प्रदेस ५ को बैठक ढुवानी ब्यबसायीका समस्या सम्वोधन गर्न माग

संसारपोस्ट संवाददाता · २३ असार २०७६ · 0
ट्रक यातायात ब्यबसायी प्रदेस  ५ को बैठक  ढुवानी ब्यबसायीका समस्या सम्वोधन गर्न माग
150
SHARES
ShareTweet


भैरहवा, २३ असार । ढुवानी ब्यबसायलाई मुल्य अभिबृद्धिकर (भ्याट) तथा अनलाईन मार्फत निगरानी गर्ने गरी सरकारले बजेट मार्फत ल्याएको नीति अब्यबहारिक भएको भन्दै सो नीति नसच्याए ट्रक ब्यबसायीहरुले आउदो साउन १ गते देखि सवारी साधन घर ग्यारेजमा थन्काउन बाध्य हुने चेतावनी दिएका छन् ।
नेपाल ट्रक यातायात ब्यबसायी महासंघं प्रदेस नम्वर ५ को सोमवार भैरहवामा बसेको बैठकले ढुवानीमा भ्याट र अनलाईन प्रणाली मार्फतको निगरानी तुरुन्त सच्चाउन सरकारसंग माग समेत गरेका छन् । सरकारले लागु गर्न खोजेको उक्त प्रणालीले यातायत तथा ढुवानी ब्यबसायीनै चौपट हुने र ब्यबसाय सञ्चालन गर्न नसकिने निष्कर्ष निकाल्दै यसबिरुद्ध आन्दोलन गर्न पनि पछि नपर्ने निर्णय ब्यबसायीले गरेका छन् ।
महासघंका प्रदेस ५ सयोंजक यमप्रसाद पाण्डेले सरकारले ढुवानी र ट्रक ब्यबसाय क्षेत्रका समस्या बुझ्दै नबुझी एक पछि अर्को गरी अब्यबाहारिक नीति ल्याउंदा ब्यबसायीहरु समस्यामा पर्ने गरेको जिकिर गर्नुभयो । सरकारले ल्याएका हरेक नीतिमा ब्यबसायीले सहयोग गर्दै आउँदा पनि सरकार अनुदार हुदै जानुले सरकारको नियतमै शंका उत्पन्न हुने अवस्था समेत आएको उहांले बताउनुभयो । नेपाल ट्रक ब्यबसायी महांसंघंका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सरकारले एक तर्फी रुपमा ब्यबसायीलाई यो नीति लाद्न खोजे साउन एक गतेदेखि लोड बहिस्कार गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने चेतावनी दिनुभयो । अनलाईन प्रणाली मार्फतको निगरानी सकारात्मक भए पनि नेपालको हालको संरचना, उपलब्ध सूचना प्रविधि, दक्ष जनशक्ति अभाव र भौगोलिक अवस्थाका कारण पनि तत्काल लागु गर्न कठिन हुने उहांले बताउनुभयो । लुम्विनी ट्रक यातायात ब्यबसायी संघंका अध्यक्ष बिष्णुप्रसाद खरेलले सरकारले यथासिघ्र यातायात ब्यबसायीका समस्या सम्वोधन गर्नुपर्ने बताउदै ब्यबसायलाई धरापमा पार्ने काममा राज्य नलाग्न आग्रह गर्नुभयो ।
प्रदेस समितिलाई पुर्णता
यसैबिच सोमवारनै बसेको प्रदेस बैठकले प्रदेस समितिलाई पुर्णता दिएको छ । संयोंजक यमप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले लुम्विनी ट्रक यातायात ब्यबसायी सघंका अध्यक्ष बिष्णुप्रसाद खरेल, पश्चिमाञ्चल यातायात ब्यबसायी समितिका बरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की, बाणगंंगा यातायात ब्यबसायी समितिका अध्यक्ष बिष्णुप्रसाद न्यौपाने, राप्ती ट्रक संयुक्त यातायात ब्यबसायी समितिका अध्यक्ष यादव शाह, भेरी ट्रक समितिका अध्यक्ष किसन गुरुङलाई पदेन सदस्यमा मनोनित गरेको छ । त्यस्तै महासंघंका केन्द्रीय सदस्य लक्ष्मण क्षेत्री, बिरेन्द्र यादव, लक्ष्मण भुसाल र उमेस मजगैयालाई पनि पदेन सदस्यमा मनोनित गरिएको छ । राप्ती ट्रक संयुक्त यातायात ब्यबसायी समितिका सचिव खेमजंगं बस्नेत, पश्चिमाञ्चलका उपाध्यक्ष खिम बहादुर थापा नारायण, लुम्विनीका महासचिव रुमाखर गौतम, बाणगंगा यातायातका कमल बहादुर क्षेत्री र लुम्विनी साना तथा मझौला यातायात ब्यबसायीका दिनेस थापालाई सदस्यमा मनोनित गरिएको छ । त्यसैगरी समितिको सल्लाहकारमा पश्चिमाञ्चल यातायात ब्यबसायी समितिका महासचिव जित बहादुर भाट तथा प्रेस सल्लाहकारमा यमलाल भुसाल र श्यामशंकर पाण्डेलाई नियुक्त गरिएको छ ।

≪ Previous Post

मनसुन सक्रियः आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

Next Post ≫

सामूहिक बलात्कारको मुद्दामा १२ वर्ष कैद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क