Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ईञ्जिनियरिङ विद्यार्थीको प्रतिभा: फलामे छडको बिकल्प बाँसमा दर्शकको बढी जिज्ञासा
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

ईञ्जिनियरिङ विद्यार्थीको प्रतिभा: फलामे छडको बिकल्प बाँसमा दर्शकको बढी जिज्ञासा

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०७६ · 0
ईञ्जिनियरिङ विद्यार्थीको प्रतिभा: फलामे छडको बिकल्प बाँसमा दर्शकको बढी जिज्ञासा
100
SHARES
ShareTweet

बुटवल १३ फागुन
सुन्दा अचम लाग्ने तर व्यवहारमा सत्य सावित भएको प्रविधीमा जोड दिएका छन ईञ्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीले ।
आरसिसि विल्डिङ्मा फलामे छड भन्दा बाँसको प्रयोग बढी टिकाउ हुने ईञ्जिनियरिङ्का बिद्यार्थीले दावी गरेका छन् । तर त्यसकालागि बासलाई पहिले सिजिनिङ् (ट्रिटमेन्ट) गर्नुपर्ने हुन्छ ।
रुपन्देहीको तिलोत्तमा स्थित लुम्बिनी ईञ्जिनियरिङ् कलेजमा आयोजना गरिएको लेक एक्स्पोमा बिद्यार्थीले आरसिसिमा छडको बिकल्पको रुपमा बासको प्रयोग गर्ने प्रविधि प्रस्तुत गरेका हुन् ।
नेपालमा पनि पहिले पहिले बासकै प्रयोग गरेर भवन निर्माण हुने गरेका थिए । जस्तै पाटन दरबार स्क्वायर, भक्तपुर दरवार स्क्वायर लगायतका पुराना पूर्वाधारमा बाँसकै प्रयोग भएका छन् । बिद्यार्थी मनिसा श्रीसले भन्नुभयो–‘पछिल्लो समयमा युरोपका देशहरुमा पनि बाँसकै प्रयोग गरेर आरसिसि भवन निर्माण भएका छन् ।’
लेक एक्स्पोमा सोही प्रविधिको प्रयोग गरेर सिभिल ईञ्जिनियरिङ्का बिद्यार्थीले नमुनाको रुपमा ‘नेपाल टावर’ नामको भवन प्रस्तुत गरेका छन् । जसमा पवन भुसाल, रसिङ् गुरुङ्, मनिसा श्रीस, संगिता पन्थी, ज्योती राना र प्रतिक्षा श्रेष्ठले टिमले उक्त प्रविधि अंगाडी सारेका हुन् ।
त्यस्तै सुमन थापा र योगेन्द्र सारुले सहयोग गरेका थिए ।
फलामे छडको प्रयोगले बनाईएको भवन ६० देखि सय वर्ष टिकाउ हुन्छ भने बाँसको प्रयोगले निर्माण गरिएको भवन ५ सय वर्षसम्म टिकाउ हुने बिद्यार्थी श्रीसले बताउनु भयो । तर बासको प्रयोग सहि ठाउँमा हुनुपर्दछ । बिशेष गरेर बिद्यार्थीले आरसिसिमा मात्रै बासको प्रयोगलाई प्रर्वद्धन गरेका हुन् । सिजिनिङ् (ट्रिटमेन्ट) गरेपनि पानी पर्ने खुल्ला ठाउँमा गरिएको बास भने त्यती लामो समय टिक्न सक्दैन, कुहिने, सड्ने हुन्छ ।
फलामे छडको तुलनामा बाँस धेरै सस्तो पनि पर्ने र स्वदेशमै सहज उपलब्ध हुने भएकाले पनि छडको आयात प्रतिस्थापनकालागि राम्रो अवसर हुन्छ, ती बिद्यार्थीको कथन छ । तर तत्कालै छडकै ठाउँमा बासको प्रयोग गर्नकालागि उपभोक्ताको मन जित्न भने त्यति सजिलो नभएको लुम्बिनी ईञ्जिनियरिङ् कलेजका निर्देशक तुलसीप्रसाद सापकोटाले बताउनु भयो ।
सोमबार र मंगलबार दुई दिनसम्म सञ्चालन गरिएको एक्स्पोमा सिभिल, कम्प्युटर र ईलेक्ट्रिकल ईञ्जिनियरिङ् विभागका ५० प्रोजेक्ट राखिएको छ । जसमा दृष्टि बिहिनकालागि यात्रामा आईपर्ने अवरोधका बारेमा जानकारी गराउने सेन्सर जडित छडी, थ्रिडी प्रविधि, आकाशे पानीलाई प्रशोधन गर्ने प्रविधि, मादक पदार्थ सेवन गरेको परिणाम पत्ता लगाउने प्रविधि, रोबोर्टद्वारा सुरक्षा प्रविधि लगायतका प्रविधीमा दर्शकहरुको आकर्षण रहेको थियो ।
एक्स्पोमा ५० प्रोजेक्ट राखिएको थियो । दुई दिनसम्म सञ्चालन गरिएको एक्स्पोमा रुपन्देही जिल्लाका बिभिन्न कलेजका ५ हजार बढी बिद्यार्थीले अवलोकन गरेका छन् ।
एक्स्पोमा प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बराल, उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरी, मन्त्रालयका सचिवहरु, पूर्वमन्त्री तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, सचिव रामकृष्ण खाँण, हरि काफ्ले, थारु संघ रुपन्देहीका अध्यक्ष सन्तराम चौधरी लगायतले स्थलगत अवलोकन गर्नुभएको बिद्यालयका प्राचार्य शिवराज बरालले जानकारी गराउनु भयो ।
२०५२ सालमा स्थापना गरिएको उक्त कलेजमा प्रत्यक २ वर्षमा लेक एक्स्पोका माध्यमबाट बिद्यार्थीले तयार गरेका ईञ्जिनियरिङ् प्रोजेक्टहरु प्रस्तुत गर्दै आएको र बिद्यार्थीले के पढे र के सिके भन्ने हर्ने यो कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने कलेजका निर्देशक सापकोटाले बताउनु भयो ।
एक्स्पोमा सिभिल ईञ्जिनियरिङ् विभागका २२, कम्प्युटर ईञ्जिनियरिङ् विभागका ९ र ईलेक्ट्रिकल ईञ्जिनियरिङ् विभागका १९ प्रोजेक्टहरु प्रस्तुत गरिएको थियो ।

≪ Previous Post

प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार महोत्सव हुने

Next Post ≫

सरकारका गलत कार्यको भन्डाफोरमा तरुणको मणिग्राममा बिरोध सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क