Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार महोत्सव हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार महोत्सव हुने

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०७६ · 0
प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार महोत्सव हुने
120
SHARES
ShareTweet


बुटवल १३ फागुन
नेपाल घरेलु तथा साना उद्योग महासंघ अन्तरगत गठित प्रदेश पाँचको महिला उद्यमी समितिले यहि फागुनमा पहिलो पटक व्यापार महोत्सव गर्ने भएको छ ।
घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुको प्रवद्र्धनकालागि यहि फागुनको २१ देखि चैत २ गतेसम्म ‘प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार एवं पर्यटन महोत्सव–२०७६’ गर्न लागिएको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
‘मेहनत सिर्जना, उत्पादन र बस्तु ः मेरै नेपालको’ मुल नारा सहित बुटवलको देवीनगरमा सञ्चालन गरिने महोत्वसवमा ३ सय स्टल रहने तथा ५ लाख दर्शकले अवलोकन गर्ने र १ करोडको कारोवार हुने अपेक्षा गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश पाँचकी अध्यक्ष शान्ति तिमिल्सिना शर्माले बताउनु भयो ।
मेलामा प्रदेश पाँचका १२ जिल्लाका उदाहरणीय महिला उद्यमीका उत्पादनलाई निशुल्क स्टल व्यबस्था गरिने उहाँले बताउनु भयो । जसमा प्रत्येक जिल्लाबाट ५ जनाका दरले ६० स्टल निशुल्क राखिने छ ।
मेलामा कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानीय पर्यटकीय स्थलहरुको जानकारीमुलक प्रदर्शनी, महिला उद्यमीहरुद्वारा उत्पादित हस्तकलाका सामाग्रिको प्रदर्शनी, नविनतम प्रविधि एवं वैकल्पिक उर्जा लगायतको प्रदर्शनीलाई शिषेश प्राथमिकता राखिने उहाँले बताउनु भयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ध्रुवकुमार धितालले स्वदेशी वस्तुको प्रवद्र्धनकालागि बिशेष प्राथमिकता दिईएको महोत्सवमा स्थानीय उत्पादनको दीगो बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कृषि, बन पैदावार, हस्तकला, उर्जा, बायोग्याँस र पर्यटन प्रवद्र्धनका स्टलहरुलाई मेलामा प्राथमिकता दिईने उहाँले बताउनु भयो ।

≪ Previous Post

जीप कर्णाली नदीमा खस्दा चालक बेपत्ता

Next Post ≫

ईञ्जिनियरिङ विद्यार्थीको प्रतिभा: फलामे छडको बिकल्प बाँसमा दर्शकको बढी जिज्ञासा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क