Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ स्वायत्त संस्थाका रूपमा अघि बढाउनजोड :नेता खाँण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वायत्त संस्थाका रूपमा अघि बढाउनजोड :नेता खाँण

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०७६ · 0
स्वायत्त संस्थाका रूपमा अघि बढाउनजोड :नेता खाँण
70
SHARES
ShareTweet


मणिग्राम, फाल्गुण,
नेपाल सरकारका पूर्वमन्त्री एवम् नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले रूपन्देहीको गरिमा बढाइरहेको राममणि बहुमुखी क्याम्पसलाई विश्वविद्यालय उन्मुख स्वायत्त संस्थाका रूपमा अघि बढाउन आफूले सहयोग गर्ने बताउनुभएको छ ।

रूपन्देहीको मणिग्रामस्थित राममणि बहुुमुखी क्याम्पसको ३२ (बत्तीसौं) वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै उहाँले राममणि आफूसहित सबैको क्याम्पस हो भन्दै यसको विकासका लागि सदैव प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

पशुपति कलेज कोटीहवाका क्याम्पस प्रमुख जयलाल शर्मा बस्याल, यातायात व्यवस्था कार्यालय (सवारीतर्फ) का प्रदेश कार्यालय प्रमुख मुक्ति पाण्डे, क्याम्पसका पूर्व सञ्चालक मनोरमा शेरचन लगायतले नगरकै गहनाका रूपमा रहेको राममणिका गतिविधि र कार्यक्रम अत्यन्त राम्रो भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले क्याम्पसलाई क्यू.ए.ए. प्राप्त भएकोमा सबैलाई धन्यवाद दिँदै यसलाई उत्कृष्ट एवम् नमूना क्याम्पस बनाउन सबैसँग आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले क्याम्पसमा विद्यार्थी भर्नादर, उत्तीर्ण दर, प्राज्ञिक क्रियाकलाप आदि सबैमा वृद्धि हुँदै गएको र क्याम्पसलाई अझ स्तरोन्नति गर्ने प्रयत्नमा आफूहरू क्रियाशील हुने बताउनुभयो ।

सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्यालको सञ्चालन तथा क्याम्पस सञ्चालक समितिका सदस्य यमबहादुर खत्रीको स्वागतमा भएको कार्यक्रममा क्याम्पसका आजीवन सदस्य ज्ञानु पाण्डे, प्राध्यापक संघका सभापति राजेन्द्र थापामगर, कर्मचारी संघका सभापति उमेशकुमार शाही, अभिभावक डिल्लीराज भुसाल, विद्यार्थीहरू विक्रम रसाली, प्रकाश भुर्तेल लगायतले राममणिले स्थानीय स्तरमा रहेर गुणस्तरका पक्षमा गरिरहेको प्रगतिको प्रशंसा गर्नुभएको थियो । साथै, क्याम्पसको विकाशका लागि आफूहरू सदैव तत्पर रहेको बताउनुभयो ।

सो अवसरमा क्याम्पसका दाताहरू तिलप्रसाद भट्टराई, चिन्तामणि न्यौपाने र निवर्तमान क्याम्पस प्रमुख मोहनराज शर्मालाई दोसल्ला ओढाई विशेष सम्मान गरिएको थियो ।

त्यस्तै, क्याम्पसलाई क्यू.ए.ए. मान्यता प्राप्तिका लागि खटिएका प्राध्यापक, कर्मचारी, शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका विषयका प्राध्यापकहरू र शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मानित एवम् पुरस्कृत गरिएको थियो ।

त्यसैगरी वार्षिकोत्सवका अवसरमा सञ्चालित सप्ताहव्यापी विविध खेलकुद एवम् अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र तथा पदकसहित पुरस्कृत गरिएको थियो ।

सोही अवसरमा रोट¥याक्ट क्लब अफ राममणिका तर्फबाट अध्यक्ष पार्वती पुनले क्याम्पस प्रमुख ताराप्रसाद पराजुली र निवर्तमान क्याम्पस प्रमुख मोहनराज शर्मालाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीका गीत, कविता, गजल तथा साँस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।

≪ Previous Post

मगर दिवशमा संस्कार र संस्कृति जर्गेनामा जोड

Next Post ≫

सिद्धी चिल्डे«न एकेडेमीको ३३ औं बार्षिक उत्सव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क