Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ सिद्धी चिल्डे«न एकेडेमीको ३३ औं बार्षिक उत्सव
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धी चिल्डे«न एकेडेमीको ३३ औं बार्षिक उत्सव

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०७६ · 0
सिद्धी चिल्डे«न एकेडेमीको ३३ औं बार्षिक उत्सव
70
SHARES
ShareTweet


बुटवल, फागुन
यसक्षेत्रकै पुरानो निजि आवासिय अंगे्रजी बिद्यालय मध्ये एक सिद्धी चिल्ड्रेन एकेडमी सेकेन्डरी बोर्डिङ्ग स्कुल, बुटवल ६ श्रवणपथको ३३ औं बार्षिक उत्सव तथा अभिभावक दिवश समारोह सम्पन्न भएको छ । शिक्षालाई निजिकरण गर्न नहुने भन्ने पुरातनवादी पंचायती सोंच ब्याप्त रहेको बेला बिसं २०४३ सालमा स्थापित सो बिद्यालयको बार्षिक उत्सव समारोहमा बोल्ने बक्ताहरुले निजि तथा संस्थागत बिद्यालयहरुलाई राज्यले उपेक्षा गरेको गुनासो गरेका छन । मुलुकमा आधुनिक र बैज्ञानिक शिक्षा प्रणाली भित्राउने निजि तथा संस्थागत बिद्यालयलाई सरकारले सौतेलो ब्यबहार गरेको भन्दै सहभागि बक्ताहरुले अभिभावक, शिक्षक र बिद्यार्थी तिनै पक्षको प्रयास, मेहनत र लगनशिलताबाट शिक्षाको गुणस्तर बृद्धि हुने जिकिर गरेका छन ।
बिद्यालयका संस्थापक प्राचार्य राजु गुरुङ्गको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सदस्य कृष्ण पौडेलले निजि तथा संस्थागत बिद्यालयले नेपालको शैक्षिक बिकासको क्षेत्रमा पुराएको उल्लेखनिय योगदानको राज्यबाट कदर हुन नसकेको भन्दै चिन्ता ब्यक्त गर्नु भयो । अव निजि तथा संस्थागत बिद्यालयहरु सिकाईको केन्द्रका रुपमा बिकास गर्नुपर्ने आवश्यक्ता रहेको उल्लेख गर्दै सदस्य पौडेलले बिगतमा अनुशासन सिकाउने र गुणस्तरिय शिक्षा प्रदान गर्ने दावी गरिएका निजि बिद्यालयहरुले अव नैतिक शिक्षा र संस्कारयुक्त शिक्षामा जोड दिनुपर्ने बताउनु भयो ।
पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, एन प्याब्सनका प्रदेश उपाध्यक्ष बिष्णु पौडेल, जिल्ला अध्यक्ष पुरुषोत्तम बस्याल, उपाध्यक्ष दिलबहादुर गुरुङ्ग, पुर्व अध्यक्ष देउप्रकाश राई, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली लगाएतले गुणस्तरिय शिक्षाको लागि निजि तथा आवासिय बिद्यालयहरुको भुमिका महत्वपुर्ण रहेको खचर्चा गर्दै सरकारले नितिगत सुधार गरि निजि क्षेत्रबाट अरबौं लगानीमा संचालन गरिएका संस्थागत बिद्यालयहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यक्ता रहेको कुरामा जोड दिनुभएको थियो ।
शिक्षकद्धय पोमनारायण गिरी र शेषराज पंन्थीको संचालनमा एवं कक्षा नौमा अध्ययनरत छात्रा प्रिया चौधरीको स्वागत मन्तब्यबाट शुरुभएको सो कार्यक्रममा बिद्यालयमा संचालन गरिएको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ भएका बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्रहरु बितरण गरिएको थियो । साथै बिद्यालयमा लामो समय अध्यापन गर्ने शिक्षक शिक्षिकाहरु, उच्च शिक्षातर्फ उत्कृष्ठ स्थान हासिल गरेका पुर्व बिद्यार्थीहरु, पुर्व शिक्षक शिक्षिकाहरु, उत्कृष्ठ अभिभावकहरु लगाएतलाई समेत पुरस्कृत एवं सम्मान गरिएको थियो ।

≪ Previous Post

स्वायत्त संस्थाका रूपमा अघि बढाउनजोड :नेता खाँण

Next Post ≫

जीप कर्णाली नदीमा खस्दा चालक बेपत्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क