Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भ्रष्टाचार काण्डमा काँग्रेस यतीकै चुप लागेर बस्दैन: सभापती देउवा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भ्रष्टाचार काण्डमा काँग्रेस यतीकै चुप लागेर बस्दैन: सभापती देउवा

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०७६ · 0
भ्रष्टाचार काण्डमा काँग्रेस यतीकै चुप लागेर बस्दैन: सभापती देउवा
90
SHARES
ShareTweet


बुटवल, फागुन
नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले प्रिन्टिङ प्रेस खरिद सम्बन्धी प्रकरण एक्लो व्यक्तिको संलग्नतामा सम्भव नभएको बताउनु भएको छ ।
सोमबार लुम्बिनीमा सभापती देउवाले निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण चानचुने बिषय नभएकाले यसमा जोडिएका सबैमाथि निश्पक्ष छानबिन हुनु पर्ने बताउनु भयो ।
सभापती देउवाले बास्कोटा काण्डमा अन्य उच्च व्यक्तिको पनि संलग्नता हुन सक्ने संकेत गर्दै निश्पक्ष छानबिन हुन पर्ने र काँग्रेसले पनि त्यसको खोजी गर्ने बताउनु भयो । प्रधानमन्त्रीका अति विश्वास पात्रले एक्लै त्यत्रा काण्ड गरे भनेर पत्याउने आधार नभएको देउवाको भनाइ थियो । ‘त्यत्रा त्यत्रा काण्ड एक्लै गरे भनेर पत्याउन सकिदैन । त्यसमा को को छन ? निश्पक्ष छानबिन हुनुपर्छ । सरकारले जवाफ दिनु पर्छ ’ । काँग्रेस यतीकै चुप लागेर बस्दैन । हामीले छोड्दैनौं’ सभापती देउवाको कथन थियोे ।
नेपाली काँग्रेस रुपन्देहीका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गा प्रसाद उपाध्यायको श्रद्धान्जली सभालाइ लुम्बिनीमा सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहनु भएका देउवाले भ्रष्टाचार गर्दिन र अरुलाइ पनि गर्न दिन्न भन्ने ओली सरकारले भ्रष्टाचारका काण्डै काण्ड गरेको आरोप पनि लगाउनु भयो ।
‘भ्रष्टाचार के मा भयो र कती भयो भन्ने गनेर साध्य नै छैन । तीनै भ्रष्टाचार र भ्रष्टाचारी लुकाउन नीतिगत रुपमै सरकार लागी परेको छ’ देउवाले भन्नु भयो । नीतिगत निर्णयको नाममा सरकारले मनपरी ढंगले काम गरेको भन्दै देउवाले आफना गल्ती कमजोरी चोख्याउने र भ्रष्टाचारीलाइ उम्काउने काम ओली सरकारले गरीरहेको आरोप पनि लगाउनु भयो ।
नेपाली काँग्रेसको काँधमा ठुलो जिम्मेबारी रहेको भन्दै देउवाले ती जिम्मेवारी पुरा गर्न सबैको साथ र सहयोग आवश्यक भएको पनि बताउनु भयो ।
पहिलो नम्बरको पार्टी बनाउने जिम्मेबारी आफनो काँधमा रहेको उल्लेख गर्दै सभापती देउवाले काँग्रेसलाइ बलियो र एक नम्बरको पार्टी बनाएर मात्रै आफुले बिश्राम लिने पनि बताउनु भयो । स्वर्गीय नेता उपाध्यय प्रति श्रद्धान्जली व्यक्त गर्दै देउवाले एकजना कर्मठ र सच्चा नेता गुमाएको र स्वर्गीय नेता उपाध्यायको योगदानको उच्च मुल्याङ्कन गर्ने बताउनु भयो ।
नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले दुइ तिहाइको शक्ति प्रयोग गरेर सरकारले अनियमितता गरीरहेको बताउनु भयो ।
कम्युनिष्ट सरकारले भ्रष्टाचारका काण्डै काण्ड गरेर दिउसै रात पारीदिएको उहाँले बताउनु भयो ।
१४ खर्बको बजेटमा २ खर्ब सरकारका पुर्व प्रवक्ताले स्याटलाइ, फोरजी लगायतका खरीद प्रकरणमा खर्च गराइदिएको र ठुल ठुला भ्रष्टाचारका काण्डै काण्ड गरेको आरोप नेता खाँणले लगाउनु भयो । भ्रष्टाचार अनियमितता सगै सरकारले मानवअधिकार, प्रेस स्वतन्त्रता,नागरिकको गोपनियताको हक,मौलीक अधिकारलाइ कमजोर पारेको, सेना तथा सुरक्षा निकयालाइ आफनो पार्टीको पेवा जस्तो बनाएको पनि बताउनु भयो । ‘जनताका मौलीक अधिकार खोसेर , सरकारी कर्मचारी र जनतालाइ अपहेलित गरेर सरकार बलियो हुदैन ,बरु यसले देशलाइ कमजोर बनाउछ । लोकतन्त्र कमजोर धरापमा पर्छ’ नेता खाँणले कथन थियो ।
नेता खाँणले प्रम ओलीले जन्मदिनमा नेपालको नक्सालाइ केक बनाएर धारीलो छुरा प्रहार गरेको र कपाकप खाएको भन्दै चर्को आलोचना गर्नु भयो । ‘त्यो दृष्यले हरेक नेपालीको मन रोएको छ । नेपालको नक्सा रुपी केक बनाएर प्रधानमन्त्रीले नै कपाकप खाँदा नेपाली जनताको मनमा छुरी रोपीएको छ’ नेता खाँणले भन्नु भयो । कम्युनिष्ट प्रधानमन्त्रीले जन्मदिनमा हेलीकप्टरबाट केक बोकेको, अनावश्यक रुपमा धेरैलाइ सरसामान बाँडेको भन्दै त्यसरी गरीएको फजुल खर्चले देशमा समृद्धि नआउने बताउनु भयो ।
कार्यक्रममा काँग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापती भरत शाह,नेताहरु दिपकुमार उपाध्याय,अब्दुल रज्जाक,फकरुद्धिन खाँन, बलिउल्लाह मुसलमान,रामकृष्ण खाँण,रमजान अलि लगायतले बोल्दै जनताले खुन पसिना बगाएर ल्याएको संघिय लोकतान्त्रिक गणतन्त्रमा सरकारकै मन्त्रीहरु संलग्न भएका भ्रष्टाचारका ठुला घटनाले जनतालाइ निरास बनाएको बताउनु भयो ।

≪ Previous Post

अन्तर्राष्ट्रिय दातृनिकायकोे दवावले नीजि क्षेत्र चेपुवामा : पुर्वमन्त्री उपाध्याय

Next Post ≫

मगर दिवशमा संस्कार र संस्कृति जर्गेनामा जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क