Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अन्तर्राष्ट्रिय दातृनिकायकोे दवावले नीजि क्षेत्र चेपुवामा : पुर्वमन्त्री उपाध्याय
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अन्तर्राष्ट्रिय दातृनिकायकोे दवावले नीजि क्षेत्र चेपुवामा : पुर्वमन्त्री उपाध्याय

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७६ · 0
अन्तर्राष्ट्रिय दातृनिकायकोे दवावले नीजि क्षेत्र चेपुवामा : पुर्वमन्त्री उपाध्याय
90
SHARES
ShareTweet


बुटवल, ११ फागुन
नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले अन्तर्राष्ट्रिय दातृ निकायको दवावमा सरकारले नीजि क्षेत्रलाई चेपुवामा राखेको आरोप लगाउनु भएको छ ।
पुर्व मन्त्री उपाध्यायले अन्तर्राष्ट्रिय दातृनिकायहरुले दिने अनुदान र ऋण सहयोगले मात्रै मुलुकमा समृद्धि हासिल हुन नसक्ने भन्दै दातृ निकायले दवाव दिन थाले पछि वाध्य भएर सरकार मुलुकको आन्तरिक आम्दानी बढाउन नीजि क्षेत्रलाई कर लगायतका क्षेत्रमा कडाई गरेको खुलासागनु भयोे ।
बुटवल उद्योग बाणिज्य संघको ६७ औं स्थापना दिवसको अवसरमा आईतबार बुटवलमा आयोजना गरिएको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले सरकारले अन्तर्राष्ट्रिय दातृ निकायलाई खुसी बनाउनकै लागि करको दरमा बृद्धि गरेको र त्यसैको चपेटामा उद्योग व्यबसायी परेको धारणा राख्नु भयोे ।
राजश्व बढाउने नाममा नीजि क्षेत्रलाई चेपुवामा पारेर असुली गर्दा उद्योगी व्यबसायी धाराशायी हुँदै गएको बताउँदै उहाँले उद्योगी व्यबसायीका मन जितेर अंगाडी बढ्न सरकारलाई आग्रह गर्नुभयो । नेपालमा औद्योगिक उत्पादनकालागि प्रयाप्त सम्भावना रहेको बताउँदै लगानी गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो ।
भारतकालागि पूर्वराजदुत समेत रहनु भएको पूर्वमन्त्री उपाध्यायले नेपाल भारतका बिच खुला सिमानाका कारण नेपालको मात्रै नभएर भारतकालागि समेत उत्तिकै समस्याको बिषय भएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा पानीको प्रवन्ध गर्न नसक्दा वरदान बन्न सक्ने पानीका स्रोतहरु अभिसापका रुपमा रहेको औंल्याउनु भयो । भारतसंगका दुई पक्षीय समस्या समाधानकालागि सरकारले कुटनीतिक चातुर्यता प्रस्तुत गर्नुपर्ने बताउँदै उहाँले सिमा क्षेत्रमा कस्टम पोईन्ट निर्माणको काम चाँडो गर्नुपर्ने भनाई राख्नुभयो ।
त्यस अवसरमा संघका अध्यक्ष खिमबहादुर हमालले संघको स्थापनाकाल देखि नै यस क्षेत्रको बिकासमा योगदान गर्दै आएको स्मरण गर्दै संघकै पहलमा बुटवल बुहुमुखी क्याम्पसको बिज्ञान भवन निर्माण, लुम्बिनी बाणिज्य क्याम्पस र सिद्धार्थ गौतम बुद्ध क्याम्पसका स्थापना, लुम्बिनी प्रोदशिक अस्पतालमा प्रसुती कक्ष तथा क्याविन निर्माण, सिद्धार्थ बाल तथा महिला आस्पताल (आम्दा) लगायतको स्थापनामा बुटवल उद्योग बाणिज्य संघको योगदान रहेको जानकारी गराउनु भयो । अध्यक्ष हमालले यस क्षेत्रको बिकासकालागि साझेदारी गर्न संघ तयार रहेको समेत जानकारी गराउनु भयो ।
त्यस अवसरमा संघका पूर्वअध्यक्षहरु हिराप्रसाद श्रेष्ठ, नवराज श्रेष्ठ, ज्ञानेन्द्र कसजु, वरिष्ठ उपाध्यक्ष उज्जवल करजु, कार्यसमिति सदस्यहरु नश्विर पौडेल, मञ्जु भुसाल, कपडा बस्तुगत समितिका सभापति त्रिबिक्रम ह्योजु लगायतले चोरी पैठारीका कारण स्वदेशी उद्योगी व्यबसायीको व्यबसाय समस्यामा परेको बताउँदै सिमामा कडाई गर्न सरकारसंग आग्रह गरेका थिए । कार्यक्रमको सञ्चाल संघका प्रमुख कार्यकारी अधिकृत मदनकुमार कार्कीले गर्नुभएको थियो ।

≪ Previous Post

पूर्वअध्यक्ष राजभण्डारीलाई बुटवल उद्योग बाणिज्य संघमा सम्मान

Next Post ≫

भ्रष्टाचार काण्डमा काँग्रेस यतीकै चुप लागेर बस्दैन: सभापती देउवा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क